काठमाडौं । एनसेल आजियाटा लिमिटेडले प्रिपेड ग्राहकहरूको लागि आकर्षक डेटा र भ्वाइस सेवाको बन्डल रहेको नयाँ प्रिपेड स्टार्टर प्याक ल्याएको छ ।
एनसेलले नयाँ स्टार्टर प्याक ‘मज्जाको प्लान’ शुक्रबारबाट लागू गरेको छ । इच्छुक ग्राहकले नजिकैको एनसेल सेन्टर वा आधिकारिक प्वाइन्ट अफ सेल्स (पीओएस)बाट खरीद गर्न सक्ने एनसेलले जनाएको छ ।
ग्राहकले यो स्टार्टर प्याक करसहित रू. ५९९ मा खरीद गर्न सक्छन् । यस प्याकअन्तर्गत ग्राहकले २० जीबी डेटा र १५० मिनेट लोकल टक टाइम पाउनेछन् ।
प्राप्त डेटा र टक टाइम सिम सुचारु भएको दिनदेखि २८ दिनको लागि मान्य रहने कम्पनीले जानाएको छ । यसका साथै यो प्लान सुचारु गर्ने ग्राहकले २०० वा सोभन्दा माथिको रिचार्जमा बोनस पनि प्राप्त गर्न सक्छन् ।
एनसेलका प्रयोगकर्ताले रू. २०० देखि रू. ४९९ को रिचार्जमा ५ % बोनस क्यास ब्याक प्राप्त गर्न सक्छन् भने रू. ५०० वा सोभन्दा बढीको रिचार्जमा १० % बोनसको पाइनेछ । प्लान सुचारु गर्ने ग्राहकले यो डेटा र भ्वाइस सेवा बन्डल रहेको प्लान रू. ५९९ मा नै आफ्नो आवश्यकता अनुसार सिम खरीद गरेको दिनदेखि ९० दिनसम्म जति पटक पनि खरिद गर्न सक्छन् ।
त्यस्तै प्रिपेड ग्राहकले सञ्चालनमा रहेका अन्य भ्वाइस तथा डेटाको विभिन्न प्याकहरू एनसेल एप तथा अन्य माध्यमहरूबाट सुचारु गर्न सक्छन् । सेवा लिनका लागि आफ्ना ग्राहकलाई एक उत्तम विकल्प प्रदान गर्दै नयाँ र आकर्षक स्टार्टर प्याक ल्याइएको एनसेलले जनाएको छ ।