राष्ट्रिय दलित आयोगका केन्द्रीय सदस्य तथा प्रवक्ता सुन्दर पुर्कुटीले दलित समुदायको समस्या समाधान गर्न राष्ट्रिय दलित आयोग गठन भएको बताएका छन् । समाजमा दलितप्रति हुने विभेद र असाहयहरूप्रति सजक रहँदै यस्ता समस्या समधान गर्न आयोग गठन भएको उनको भनाइ छ । आयोग गठन भएको एक बर्ष पूरा भै रहँदा दलितहरूको थुप्रै समस्या समाधान एजेन्डाको रुपमा समावेश गरिएको उनले जनाएका छन् । शनिवार गाईघाटमा पत्रकारहरूसँग भेटघाट गर्दै उनले एक बर्ष पूरा भई रहँदा आयोगका काम, कार्यविधिहरूलाई १६ बुँदा समेटेर प्रस्तुत गरेका छ