बेन्जेमा पेनाल्टीमा गोल गर्न चुके पनि रियालको जित

काठमाडौं । करिम बेन्जेमा पेनाल्टी गोल गर्न चुके पनि रियाल मड्रिडले बुधबार राति स्पेनिस ला लिगामा ओसासुनामाथि ३–१ को विजय हासिल गरेको छ । बेन्जेमा सात मिनेटको अन्तरमा पाएको दुई पेनाल्टी अवसरमा गोल गर्न चुकेका थिए । रियालले ५२औँ र ५९औँ मिनेटमा पेनाल्टी अवसर पाएको थियो । तर, दुवै अवसरमा बेन्जेमा...

सम्बन्धित सामग्री

नेपाल सुपर लिग: इलामलाई पहिलो सफलता

झापाका योगेश गुरुङले भरत खवासलाई लडाएपछि पाएको पेनाल्टीमा इलामका अमाथ गोल गर्न चुके। ८७औं मिनेटमा भने उनले गोल गर्दै आफ्नो गल्ती सुधार गरे।...

लिभरपुलको हार, सलाह पेनाल्टीमा चुके

एजेन्सी – स्टार फरवार्ड मोहमद सलाहले पेनाल्टीमा गोल गर्न चुकेको खेलमा लिभरपुलले फ्रान्सेली क्लब लियोनसँग हार बेहोरेको छ । दुबई सुपर कप अन्तर्गत दोस्रो खेलमा लियोनले ३-१ को जित दर्ता गरेको हो । खेलको पहिलो मिनेटमा नै लिभरपुलले फाबियो कार्भाल्होको गोलमा अग्रता लिएको थियो । १४ औं मिनेटमा मोहमद सलाह पेनाल्टीमा चुक्दा लिभरपुलले अग्रता दोब्बर […]

प्रिमियर लिगमा टोटेनहमको सहज जित

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा टोटेनहमले नटिङघम फरेस्टलाई पराजित गरेको छ । आइतबार राति भएको खेलमा टोटेनहमले नटिङघम फरेस्टलाई २–० गोल अन्तरले हराएको हो । टोटेनहमलाई जित दिलाउन ह्यारी केनले दुई गोल गरे ।खेलको पाँचौं मिनेटमा केनले गोल गर्दै टोटेनहमलाई अग्रता दिलाएका थिए । खेलको ५६ औं मिनेटमा पाएका पेनाल्टीमा केन गोल गर्न चुके […]

पीएसजीको रोमान्चक जित, एमबाप्पे पेनाल्टीमा चुके

काठमाडौं, ३ कात्तिक । यूईएफए च्याम्पियन्स लिग फुटबलमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)ले जर्मन क्लब आरबी लाइपजिगमाथि जित निकालेको छ । समूह चरण अन्तर्गत हिजो (मंगलबार) राति भएको खेलमा पीएसजीले लाइपजिगलाई ३–२ गोल अन्तरले पराजित गर्दै रोमान्चक जित निकालेको हो । पीएसजीको जितमा लियोनल मेस्सीले दुई गोल गरे । केलियन एमबाप्पेले एक गोल गरे […]

टोकियो ओलम्पिकः ब्राजिलाई हराउँदै क्यानडा सेमिफाइनलमा

एजेन्सी। क्यानडाले ब्राजिलाई टाइब्रेकरमा ४–३ ले हराउँदै महिला फुटबलको सेमिफाइनलमा स्थान बनाएको छ। निर्धारित ९० र थपिएको ३० मिनेटमा गोलरहित बराबरी भएपछि टाइब्रेकरबाट नतिजा आएको हो। क्यानडाले अब फाइनल प्रवेशका लागि नेदरल्यान्ड्स र अमेरिकाबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ। ब्राजिलकी राफेली र आन्द्रेसा टाइब्रेकरमा गोल गर्न चुके। क्यानडाकी क्रिष्टिन सिनक्लियरले गोल गर्न चुकिन्।

टोकियो ओलम्पिकः जर्मनीलाई हराउँदै ब्राजिल समूहको शीर्ष स्थानमा

एजेन्सी। रिचार्लिसनले ह्याट्रिक गरेको दिन ब्राजिलले आज टोकियो ओलम्पिकमा जर्मनीलाई ४–२ ले हराएको छ। ब्राजिलको जितमा रिचार्लिसनबाहेक पाउलिन्होले गोल गरे। ब्राजिलका म्याथ्युज कुएना पेनाल्टीमा गोल गर्न चुके। जर्मनीका नादियम अमिरी र रेन्जर एचले गोल गरे। जर्मनीका म्याक्सिमिलियम आर्नोल्डले ६३औं मिनेटमा रातो कार्ड खाएपछि जर्मनी दश खेलाडीमा सिमित भएको थियो। जितसँगै ब्राजिल समूह डीको शीर्ष स्थानमा छ।

इटाली युरोकपको फाइनलमा, स्पेन टाइब्रेकरमा पराजित

काठमाडाैं।स्पेनलाई टाइब्रेकरमा ४–२ ले पराजित गर्दै इटाली युरोकप फुटबलको फाइनलमा प्रवेश गरेको छ।टाइब्रेकरमा स्पेनका ड्यानी ओल्मो र अल्भारो मोराटा गोल गर्न चुके।निर्धारित ९० मिनेट र अतिरिक्त समयको खेल १-१ गोलको बराबरीमा सकिएको थियो।६०औं मिनेटमा इटालीका चिएसाले गोल गरेका थिए भने स्पेनका अल्भारो मोराटाले ८० औं मिनेटमा गोल गर्दै बराबरीमा ल्याएका थिए।अन्तर्राष्ट्रिय फुटबलमा इटालीको अपराजित यात्रा ३३ खेल पुगेको छ।

पेनाल्टी खेर फालेको स्पेनलाई पहिलो हाफमा २-० को अग्रता

एजेन्सी। पेनाल्टीमा गोल गर्न चुकेको स्पेनलले युरो-२०२० अन्तर्गत समूह चरणको अन्तिम खेलमा स्लोभाकियाविरुद्ध पहिलो हाफ सकिँदा २-० को अग्रता लिएको छ। १२औं मिनेटमा स्पेनका अल्भारो मोराटा पेनाल्टीमा गोल गर्न चुके। स्पेनले ३०औं मिनेटमा विपक्षी गोलकिपर मार्टिन डुब्राभ्काको आत्मघाती गोलबाट अग्रता लियो। इन्जुरी समयमा एमेरिक लापोर्टेले दोस्रो गोल थपे। नकआउट चरणमा स्थान बनाउन स्पेनलाई जित्दै पर्ने दबाब थियो।

उपाधि होडमा रहेको एट्लेटिको मड्रिड विजयी

काठमाडौं। स्पेनिस ला लिगाको उपाधि होडमा रहेको एट्लेटिको मड्रिड विजयी भएको छ। गएराति एट्लेटिको मड्रिडले एल्चीलाई १–० ले हराएको हो। एट्लेटिकोका लागि २३ औं मिनेटमा मार्कस लोरेन्टेले गरेको गोल नै निर्णायक बन्यो। एल्चीका चाभस डी ला तोरेले इन्जुरी समयमा पेनाल्टीमा गोल गर्न चुके। शीर्ष स्थानको एथ्लेटिकोको ३४ खेलबाट ७६ अंक भएको छ । दोस्रो स्थानको रियलको ७४ अंक छ।