अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा स्पेन र पोर्चुगल बराबरीमा, स्लोभेनियाको फराकिलो जित

काठमाण्डाै - अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा स्पेन र पोर्चुगल बराबरीमा रोकिएका छन्। युरोकप फुटबलको तयारी स्वरुप भएको खेलमा दुवै टोलीले कुनै पनि गोल गर्न सकेनन् । अवसर पाए पनि गोल गर्न दुवै टोली चुके । पोर्चुगलका क्रिष्टियानो रोनाल्डोले पनि गोल गर्न सकेनन् । गएराति भएका अन्य खेलमा स्लोभेनियाले जिब्रालटारलाई ६-० गोल अन्तरले पराजित गर्यो भने नर्थ मेसेडोनियाले काजखस्तानलाई र इटालीले चेक गणतन्त्रलाई समान ४-० गोल अन्तरले हराएका छन् ।यस्तै लात्भियाले लिथुवानियालाई ३-१ गोल अन्तरले पराजित गरेको छ । यस्तै, कोसोभोले माल्टालाई २-...