सिलिण्डर व्यवस्थापनमा जुट्यो गाउँपालिका

दमौली । तनहुँको आँबुखैरेनी गाउँपालिकास्थित मस्र्याङ्दी जलविद्युत् केन्द्रले आँबुखैरेनी गाउँपालिकालाई सिलिण्डर प्रदान गरेको छ । कोभिड संक्रमण बढेपछि बजारमा अक्सिजन सिलिण्डर अभाव भएकाले केन्द्रले मर्मत प्रयोजनका लागि भण्डार गरिराखेको १२ थान ठूलो सिलिण्डर गाउँपालिकालाई उपलब्ध गराएको हो । अक्सिजन सिलिण्डर प्राप्त भएपछि जलविद्युत् केन्द्रलाई फिर्ता दिनेगरी सिलिण्डर ल्याइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद पोखरेलले जानकारी दिए । उनका अनुसार ९ थान भरी सिलिण्डर र तीन थान खाली सिलिण्डर ल्याइएको छ । गाउँपालिकामा यस अगाडि दुईवटा भरी सिलिण्डर छ । थप सिलिण्डरको पनि खोजी कार्य गरिएको पोखरेलले बताए । ‘आँबुखैरेनी गाउँपालिका जिम्मेवार भएर संकट व्यवस्थापनमा जुटिरहेको छ,’ पोखरेलले भने । जलविद्युत् केन्द्रले उपलब्ध गराएको सिलिण्डर लिन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पोखरेल, वडा नं ३ का सदस्य दिनेश केसी आफै पुगेका थिए । आइतवार मात्रै गाउँपालिकाका अध्यक्ष गिरबहादुर थापाको पहलमा एक कर्मचारीलाई उद्धार गरी काठमाडौं पठाइएको थियो । प्रदेश सरकार मातहत कार्यालयका कर्मचारीलाई श्वासप्रश्वासमा समस्या भएपछि अध्यक्ष थापाको सक्रियतामा एम्बुलेन्स व्यवस्थापन गरिएको थियो । रासस  

सम्बन्धित सामग्री

विद्युतीय उर्जामा चासो नदिए मुलकको अवस्था भयावह हुन्छः कार्यकारी निर्देशक थानी

नेपाल आयल निगमका कार्यकारी निर्देशक उमेशप्रसाद थानीले सरकारले उर्जाको व्यवस्थापनमा चासो नदिए मुलुक भयावह अवस्थामा पुग्ने चेतावनी दिएका छन्। बुधवार राष्ट्रिय संसदअन्तर्गतको दिगो विकास तथा सुशासन समितिको बैठकमा बोल्दै उनले विश्वभर नै इन्धनको मूल्य बढीरहेको र विकसित मुुलुक पनि त्यसको चपेटामा परेकोले तत्काल उर्जा व्यवस्थापनमा गम्भीर नबने मुलुक आर्थिकरुपमा पनि ठूलो समस्यामा फस्ने दाबी गरेका हुन्  । उनले श्रीलंकाले आफ्नो अवस्थाबारे जनतालाई जनकारी नगराएका कारण आर्थिक शंकट व्यहोर्नुपरेको भन्दै नेपालले पनि बेलैमा देशको आर्थिक अवस्थाबारे जनतालाई सुसुचित बनाउनुपर्ने बताए । कार्यकारी निर्देशक थानीले अहिलेको विद्युत महशुल तिरेर कसैले इण्डक्शन चुलो नबाल्ने भन्दै भएको महशुललाई घटाएर सरकारले नागरिकलाई विद्युतीय सामग्रीको प्रयोगमा प्रोत्साहन दिनुपर्ने बताए । उनले नेपाल विद्युत प्राधिकरणले दिएको महशुल भन्दा एलपी ग्यास सस्तो पर्ने अवस्था रहेको पनि स्मरण गराए ।कार्यकारी निर्देशक थानीले गत वर्षको चैतमा वैशाखमा ३५ हजार मेट्रिक टन एलपी ग्यास आयात भएको, यस वर्षको वैशाखमा ४५ हजार र जेठमा ४८ हजार मेट्रिक टन एलपी ग्यास आयात भइसकेको बताए । एलपी ग्यासको खपत दिनप्रतिदिन बढीरहेकोले देशमा डरलाग्दो अवस्था सिर्जना भइरहेको बताए । उनले नेपाल आयल निगम प्रति सिलिण्डर ७५१ रुपैयाँ घाटा खाएर एलपी ग्यास बिक्री गर्न बाध्य भइरहेको भन्दै उर्जा व्यवस्थापन कार्यलाई सरकारले गम्भीरतापूर्वक लिनुपर्ने बताए ।उनले भने, ‘नेपाल आयल निगमले नेपाल सरकारलाई सुझाव स्वरुप गत चैत्र १३ गते १० बुँदे सुझाव दिएका थियौँ । त्यहाँ शनिवार, आईतवारको बिदा गर्नुस्, जोरबिजोर लाइदिनुहोस् भनेको थियौँ । अहिलेको विद्युत महशुलमा मानिसले अहिले इण्डक्शन चुलो बाल्दैन । हामीसँग भएको महशुल त अलिकति घटाउनुपर्छ नि । यो महशुलमा अहिलेपनि एलपी ग्यास सस्तो पर्छ । चैत्रमा ३५ हजार मेट्रिक टन एलपी ग्यास आयात भएको छ । वैशाखमा ४५ हजार छ । जेठमा ४८ हजार छ, यो भनेको एलपी ग्यास खपत बढीरहेको छ । डरालाग्दो अवस्था छ । नेपाल आयल निगमले प्रति सिलिण्डर ७५१ रुपैयाँ घाटा खाएर बेचिरहेको छ । उर्जा व्यवस्थापन राम्रोसँग गरौँ । हामीले अघिल्लो वर्ष १ खर्ब ५८ करोडको पेट्रोलियम पदार्थ आयात गरेकोमा यसवर्ष जेठसम्म २ खर्ब ७० करोडको आायत गरिसकेका छौँ । यस्तो अवस्था छ । आर्थिक वर्षमा मुलुक कहाँ पुगिसक्यो । हामीले कम्तिमा बानी सुधार्नुपर्ने अवस्था छ । मुलुकको अवस्था भयावह छ । यो आर्थिक अवस्थाको विषय पनि सोच्नुपर्नेछ । उर्जा व्यवस्थापनमा ध्यान दिनुपर्छ । श्रीलंका आज त्यो अवसमा किन आयो भन्दा राज्यले जनतालाई आफ्नो यथार्थ अवस्था नबताएकोले आयो । हामीले पनि यो विषय जनतालाई बुझाउनु पर्छ । आज मुलुकको अर्थतन्त्र के छ रु कस्तो छ रु पेट्रोलियम पदार्थको मूल्यवृद्धि भयो, नेपाल आयल निगमले मूल्यवृद्धि गरायो, कर घटाएन भन्ने विषय भन्दापनि मुलुकको अर्थतन्त्रको विषयमा गम्भीर भएर सोच्नुपर्छ ।’कार्यकारी निर्देशक थानीले मुलुकको अर्थतन्त्रको विषयमा गम्भीर भएर सोच्नुपर्ने बेला आएको भन्दै सरकारको ध्यानाकर्षण गराए ।

अक्सिजन सिलिण्डर अझै फिर्ता भएनन्, कुन प्रदेशमा कति मौज्दात

प्रयोग भएका अक्सिजन सिलिण्डर पुनः रिफिलका लागि उद्योगसम्म फिर्ता नहुँदा अक्सिजन व्यवस्थापनमा चुनौती थपिएको छ । कोरोना सङ्क्रमण दर बड्दै गएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सातवटै प्रदेशलाई अक्सिजनको व्यवस्थापन गर्न निर्देशन दिएपनि अझै खाली सिलिण्डर उद्योगसम्म आइनपुगेको व्यवसायीहरुले बताएका छन् ।

अक्सिजनको माग गर्दै मुख्यमन्त्री कार्यालय अगाडि धर्ना

जेठ ११, वीरेन्द्रनगर । कर्णाली प्रदेशका अस्पतालहरूमा मेडिकल अक्सिजनको अभाव भएपछि आपूर्तिका लागि दबाब दिन युवाहरूको समूहले धर्ना दिएको छ ।  मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अगाडि सोमवार युवाहरूको समूहले धर्ना दिएको हो । अस्पतालहरूमा पर्याप्त अक्सिजनको व्यवस्था गर्न माग गर्दै युवाको समूह मुख्यमन्त्री कार्यालय अगाडि धर्नामा बसेका हुन् । अहिले कोरोना संक्रमितको उपचारको लागि मुख्य समस्या अक्सिजनको रहेको र त्यसतर्फ सरकार जिम्मेवार नबनेको उनीहरूले बताएका छन् । मोटे ग्याङ नेपालको संयोजनमा भएको धर्ना कार्यक्रममा सरकारले तत्काल दैनिक २५० ओटा सिलिण्डर अक्सिजन व्यवस्थापन गर्न माग गरिएको छ । मोटे ग्याङका सदस्य अनिल ढकालले अक्सिजन व्यवस्थापनमा प्रदेश सरकारको लापरवाही देखिएपछि दबाब स्वरूप धर्ना दिएको बताए ।  ‘अहिले नेपालगञ्जबाट सहजै रूपमा अक्सिजन भरेर ल्याउन सकिन्छ । तर, यहाँ अक्सिजन सिलिण्डरको समेत कमी देखियो । यसमा सरकारको ध्यानाकर्षण गर्न धर्ना दिएका हौं,’ ढकालले भने । सरकारको ध्यान स्वास्थ्य सामग्री र औषधी उपचारमा केन्द्रित हुनु पर्नेमा त्यसतर्फ गम्भीर नबनेको उनको आरोप छ । युवाहरूको समूहले यस विषयमा सोमवार नै मुख्यमन्त्री महेन्द्रबहादुर शाहीसँग अक्सिजन व्यवस्थापनका लागि सरकार र स्वयंसेवक समूहले संयुक्त प्रयास गर्ने समझदारी भएको बताएको छ ।  ‘धर्नासँगै मुख्यमन्त्रीसँग पनि हाम्रो छलफल भयो,’ ढकालले भने, ‘मन्त्रिपरिषद्को बैठक पनि बस्दै रहेछ । केही निर्णय होला । अब व्यवस्थापनमा सहज हुन्छ भन्ने अपेक्षा लिएका छौं ।’ उनले बाहिर जिल्लाका मानिसहरू सुर्खेतका उपचारको क्रममा मृत्यु हुँदा शव व्यवस्थापनमा समस्या देखिएकाले यसबारे पनि मुख्यमन्त्रीलाई जानकारी गराएको बताए ।

घरमा अक्सिजन सिलिण्डर नराख्न स्वास्थ्य मन्त्रालयको निर्देशन

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले घरमा अक्सिजन सिलिण्डर नराख्न स्वास्थ्य मन्त्रालयले निर्देशन दिएको छ । घर तथा संस्थामा अक्सिजन सिलिण्डर भए तत्काल अस्पताल तथा स्थानीय प्रशासनलाई बुझाउन मन्त्रालयले आग्रह गरेको छ ।  “कोभिड–१९ महामारी संक्रमितहरूको वर्तमान समयमा उपचार व्यवस्थापनमा अक्सिजनको महत्वपूर्ण भूमिका छ । चिकित्सकको सिफारिस वाहेक कसैले पनि घरमा वा...

सिलिण्डर व्यवस्थापनमा जुट्यो गाउँपालिका

दमौली, २८ वैशाख: तनहुँको आँबुखैरेनी गाउँपालिकास्थित मस्र्याङ्दी जलविद्युत् केन्द्रले आँबुखैरेनी गाउँपालिकालाई सिलिण्डर हस्तान्तरण गरेको छ । कोभिड सङ्क्रमण बढेपछि बजारमा अक्सिजन सिलिण्डर अभाव भएकाले केन्द्रले मर्मत प्रयोजनका लागि भण्डार गरी राखेको १२ थान ठूलो सिलिण्डर गाउँपालिकालाई हस्तान्तरण गरेको हो । अक्सिजन सिलिण्डरको उपलब्धता भएपछि जलविद्युत् केन्द्रलाई फिर्ता दिने गरी सिलिण्डर ल्याइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत […]

बोलन्या थलीले डडेल्धुरा अस्पताललाई दियो ४० थान अक्सिजन सिलिण्डर

डडेल्धुरा : बोलन्या थलीले डडेल्धुरा अस्पताललाई ४० थान अक्सिजन सिलिण्डर हस्तान्तरण गरेको छ। आइतबार थलीले नेपालगञ्जबाट ल्याएर अस्पतालाई अक्सिजन सिलिण्डर हस्तान्तरण गरेको हो।डडेल्धुरा पुगेका सबै सिलिण्डर बोलन्या थली डडेल्धुरा युनिट प्रमुख दीपकराज भट्टले अस्पताल विकास समितिका अध्यक्ष करुणाकर ओझालाई हस्तान्तरण गरेका हुन्।हेल्पिङ्ग ह्यान्ड अमेरीकाको सहयोगमा ४० थान भरिएका सिलिण्डर खरिद गरी अस्पताललाई हस्तान्तरण गरेको बोलन्या थलीका संयोजक यादव जोशीले जानकारी दिए। उक्त सिलिण्डरको व्यवस्थापनमा अभियान

अक्सिजन सिलिण्डर खोजी गर्दै प्रहरी

भक्तपुर : कोरोना संक्रमितको उपचारमा अक्सिजनको अभाव हुन थालेपछि भक्तपुर प्रहरी अक्सिजन व्यवस्थापनमा जुटेको छ। गत बिहीबार राति अक्सिजन अभावमा भक्तपुरको एक निजी अस्पतालमा दुई कोरोना संक्रमितको मृत्यु भएपछि प्रहरी अक्सिजन व्यवस्थापनमा जुटेको हो।यही क्रममा प्रहरीले हालसम्म २० वटा अक्सिजनसहित सिलिण्डर र ७५ वटा खाली सिलिण्डर संकलन गरी विभिन्न अस्पताललाई उपलब्ध गराएको छ। महानगरीय प्रहरी परिसर भक्तपुरका अनुसार मध्यपुर थिमि नगरपालिका–३ कौशलटारस्थित भक्तपुर इन्टरनेसनल अस्पताललाई १२, भक्तपुर अस्पतालला

अक्सिजन व्यवस्थापनमा सरकारको ३ रणनीति

काठमाडौं। सरकारले अक्सिजन व्यवस्थापनका लागि ३ वटा रणनीति अख्तियार गरी रहेको छ। पहिलो,उत्पादन बढाउन उद्योगलाई सहायोग गर्ने, दोस्रो, होल्ड गर्नेसँग सिलिण्डर फिर्ता लिने र तेस्रो, औद्योगिक क्षेत्रमा प्रयोग भएका सिलिण्डरलाई अस्पतलामा प्रयोग गर्ने रणनीति सरकारको रहेको छ। यही रणनीतिअनुसार होल्डमा रहेका करिब ५ हजार अक्सिजन सिलिण्डर उद्योगलाई फिर्ता पठाएको र १० वटा उद्योगबाट ११३४ वटा सिलिण्डर अस्पताल पठाइएको छ।

अक्सिजनसहितका आईसोलेशन कक्ष निर्माणमा जुटे सुर्खेतका स्थानीय तह

वैशाख २२, सुर्खेत । दोस्रो चरणको कोरोना भाइरस संक्रमितको संख्या बढ्दै गएपछि सुर्खेतका स्थानीय तहहरु अक्सिजनसहितको आईसोलेशन कक्ष निर्माणमा लागेका छन् ।  जिल्लाका वीरेन्द्रनगर नगरपालिका, भेरीगंगा नगरपालिका, चौकुने गाउँपालिका, गुर्भाकोट नगरपालिका र पञ्चपुरी नगरपालिकामा कोरोना संक्रमितको उपचारका लागि अक्सिजनसहितको आईसोलेशन कक्ष बनाएका छन् ।  यस्तै लेखबेशी नगरपालिका, सिम्ता गाउँपालिका, चिङ्गगाड गाउँपालिका र बराहताल गाउँपालिकाले समेत अक्सिजनसहितको आईसोलेशन कक्ष निर्माण प्रक्रिया अघि बढाएका छन् । पूर्वी सुर्खेतको गुर्भाकोट नगरपालिकाले अक्सिजनसहितको आईसोलेशन कोरोना अस्पताल स्थापना गरेको जानकारी दिएको छ ।  मेहेलकुना अस्पताल र गुर्भाकोट नगरपालिकाको संयुक्त लगानीमा सीटी हल मेहेलकुनामा अस्थाई कोरोना अस्पताल स्थापना गरिएको हो । नयाँ भेरियन्टसहितको कोरोना संक्रमण तीव्र बनेपछि नागरिकको उपचारमा सहजताका लागि अक्सिजनसहितको आईसोलेशन कोरोना अस्पताल निर्माण गरिएको नगरप्रमुख हस्तबहादुर पुनले बताए । उनले तत्कालका लागि २५ बेडको अक्सिजनसहितको आईसोलेशन अस्पताल निर्माण गरेपनि आवश्यक परे सीटी हलमै २० बेड थप्ने व्यवस्था मिलाइएको बताए । उनका अनुसार अधिकतम सेवा सुविधासहित कोरोना संक्रमितको व्यवस्थापन गर्न उप–प्रमुख, नगरपालिकाको स्वास्थ्य शाखा, मेहलकुना अस्पताललगायतको टीम परिचालन गरिएको छ । उनले कोरोना संक्रमितको व्यवस्थापनमा थप आर्थिक तथा प्राविधिक सहयोग आवश्यक परे जिल्ला स्वास्थ्य कार्यालय, सामाजिक विकास मन्त्रालय एवम् प्रदेश सरकारसँग समन्वयका लागि पूर्व तयारी गरिएको जनाए । यता पश्चिम सुर्खेतको चौकुने गाउँपालिकाले समेत सुविधा सम्पन्न अक्सिजनसहितको आईसोलेशन सेन्टर सञ्चालनमा ल्याएको जानकारी दिएको छ ।  चौकुने गाउँपालिका–६, स्थित जीवन ज्योति माध्यमिक विद्यालयमा पालिकाले सोमवारदेखि अक्सिजनसहितको आईसोलेशन सेन्टर सञ्चालनमा ल्याएको हो । भारत कमाउन गएका नागरिक गाउँ फर्किन थालेसँगै कोरोना संक्रमितको संख्या बढ्न थालेपछि अक्सिजनसहित आईसोलेशन कक्ष निर्माण गरिएको गाउँपालिका अध्यक्ष धिरबहादुर शाहीले बताए ।  उनले तत्कालका लागि १२ बेडको आईसोलेशन बनाईए पनि आवश्यक परेमा ५० बेडसम्मको बनाउन सकिने जानकारी दिए । उनका अनुसार १२ बेडको आइसोलेसन सेन्टरमा हाल ६ ओटा अक्सिजन सिलिण्डर रहेका छन् । उनले थप अक्सिजन सिलिण्डर खरीदका लागि आवश्यक प्रक्रिया शुरु भइसकेको जानकारी दिए । ‘भारतबाट गाउँ फर्किने युवाहरुको संख्या बढ्दै गएकाले कोरोना संक्रमणको जोखिम समेत बढेको छ,’ उनले भने, ‘कोरोना संक्रमण फैलिन नदिन गाउँपालिकाले सचेतना अभियान सञ्चालन गर्नुका साथै शंकास्पद व्यक्तिमाथि निगरानी बढाएको छ ।’  उनले गाउँपालिकामा हाल ५ जना कोरोना संक्रमित उपचारत रहेको बताए । स्थानीय तहले अस्थाई रुपमा निर्माण गरेका कोरोना अस्पतालका बिरामीको अवस्था असामान्य भएमा आईसीयू वा भेन्टिलेटरमा राख्नका लागि प्रदेश अस्पतालमा रेफर गर्ने व्यवस्था मिलाएको बताएका छन् ।

अक्सिजन व्यवस्थापनमा सक्रिय भए नायक पल शाह

काठमाडौं। नायक पल शाह अक्सिजन सिलिण्डरको व्यवस्थापनमा जुटेका छन्। कोरोनाका संक्रमितका लागि आवश्यक पर्ने अक्सिजनको अभाव हुन थालेपछि उनी हाम्रो टीम नेपालसँग मिलेर अक्सिजन सिलिण्डरको व्यवस्थापनमा जुटेका हुन्। उनको टोलीले आज पनि भक्तपुर अस्पतालमा अक्सिजन सिलिण्डर वितरण गरेको छ। यसअघि पहिलो चरणको महामारीको समयमा उनले चलचित्रकर्मीसहित थुप्रैलाई सहयोग गरेका थिए। उनको सामाजिक कार्यले घरमा बसिरहेका अन्य कलाकार झक्झकाएको छ।