हरेक व्यक्ति सपना देख्छन् । निद्रामा हरेकको कहानी भिन्न र नीजि हुन्छन् जुन स्मृति, कल्पना र भावनाका टुक्रासहित सिर्जित हुन्छन् । यो विषयमा विशेषज्ञको पनि रोचक धारणा छ । हामी सपना किन देख्छौँ र यी सपनाको अर्थ के हुन् ? यसलाई स्पष्ट रुपमा बुझ्न थोरै गाह्रो पनि छ ।सन् २०१५ मा चीन र जर्मनीका विद्यार्थीमाथि भएको एक शोधमा सबैभन्दा धेरै सपना स्कुल, शिक्षक र पढाईलेखाई सम्बन्धि नै देखिने गरेको बताइएको छ । शोधमा भाग लिने सबै शिक्षासँग जोडिएका थिए । त्यसैले उनीहरुको सपनाको यसको अनुभव पहिलादेखि नै थिय