टी–२० विश्वकप क्रिकेटको उपाधि इंग्ल्यान्डले जितेको छ।अष्ट्रेलियाको मेलबर्नस्थित मेलबर्न क्रिकेट ग्राउण्डमा आज भएको फाइनलमा पाकिस्तानलाई ५ विकेटले हराउँदै सन् २०१० पछि इंग्ल्यान्डले दोस्रो पटक टी–२० विश्वकपको उपाधि उचालेको हो।पाकिस्तानले दिएको १३८ रनको लक्ष्य पछ्याएको इंग्ल्यान्डले १ ओभर बाँकी रहँदै ५ विकेटको क्षतिमा लक्ष्य भेट्टायो।इंग्ल्यान्डको जितमा बेन स्टोकले अविजित रहँदै सर्वाधिक ५२ रनको योगदान गरे। कप्तान जोश बटलरले २६ र ह्यारी ब्रुकले २०