काठमाडौं। अदालतको अन्तरिम आदेशपछि २ उपप्रधान, १५ मन्त्री र ३ राज्यमन्त्रीको पद खारेज भएको छ। जसमा उपप्रधानमन्त्री रधुवीर महासेठ,राजेन्द्र महत्तो तथा मन्त्रीहरुमा खगराज अधिकारी, शरतसिंह भण्डारी, अनिलकुमार झा,शेरबहादुर तामाङ, राजकिशोर यादव, लक्ष्मणलाल कर्ण, नैनकला थापा,ज्वालाकुमारी शाह, बिमलप्रसाद श्रीवास्तव, उमाशंकर अगरिया, चन्दा चौधरी, एकवाल मियाँ, नारदमुनि राना, गणेशकुमार पहाडी, मोहन बानियाँ र राज्यमन्त्रीहरु चन्द्रकान्त चौधरी, रेणुका गुरुङ र आशाकुमारी विक छन्।