आन्तरिक राजस्व कार्यालय भरतपुरले जिल्लाका मदिरा उद्योगमा ‘क्युआर कोड’ सहितको डिजिटल स्टिकर जारी गरेको छ । मदिरा उद्योगीले कर छल्ने तथा नक्कली स्टिकर प्रयोग गरेर राजस्व क्षति हुन नदिन यस्तो व्यवस्था गरेको हो ।राजस्व कार्यालय भरतपुरका प्रमुख कर अधिकृत घनश्याम पन्थीले बताए । कार्यालयले मदिरा उद्योगको उत्पादनस्थल र भण्डारण स्थलमा सीसी क्यामरा जडान गरी ती क्यामराको आउटपुट कार्यालय प्रमुखको कार्यकक्षमा बसेर हेर्न मिल्ने बनाएको छ ।जसले गर्दा उद्योगमा कुन समयमा के काम भइरहेको छ भन्ने कुरा रा