चन्द्रागिरि नगरपालिकाले राजस्व संकलनका लागि अत्याधुनिक सूचना प्रणालीको उपयोग गर्न सुरुआत गरेको छ । यसका लागि उसले ‘क्यूआर कोड’ मार्फत पनि राजस्व संकलन प्रारम्भ गरेको छ । यससँगै यही जेठ महिनाभित्र नगरपालिका तथा वडाका राजस्वसम्बन्धी सम्पूर्ण सेवा डिजिटल वालेट, कनेक्ट आइपिएस लगायतका अनलाइन सेवामार्फत सुरु हुनेछ । नगर तथा वडाका सेवाग्राहीलाई एसएमएसमार्फत सुसूचित गर्ने कार्य पनि तत्कालै सुरु हुने नगरपालिकाले जनाएको छ । नगरप्रमुख घनश्याम गिरीले नगरप