गठबन्धनबाट अलग भएको राष्ट्रिय जनमोर्चाको घोषणा

पाँचदलीय गठबन्धनबाट अलग भएको राष्ट्रिय जनमोर्चाले घोषणा गरेको छ। सोमबार बसेको केन्द्रीय सचिवालयको बैठकले गठबन्धनबाट अलग हुने निर्णय गरेको जनाएको हो।...

सम्बन्धित सामग्री

विदेशमा रहेका नेपालीलाई मतदानको अवसर दिन राष्ट्रिय जनमोर्चा नेपालको माग

राष्ट्रिय जनमोर्चाकी सांसद दुर्गा पौडेलले विदेशमा रहेका नेपालीलाई मतदानको अवसर दिन माग गरेकी छिन् । आइतबार प्रतिनिधिसभा बैठकको बिशेष समयमा बोल्दै सांसद पौडेलले विदेशमा रहेका नेपालीलाई मतदानको अधिकार दिन फैसला गरेको बर्षौ भएपनि कार्यान्वयन नभएको बताइन् । उनले भनिन्– ‘निर्वाचन आयोगले चुनाव घोषणा गर्नुअघि आफ्नो मस्यौदामा पनि प्रवासी नेपालीहरुलाई मतदानको व्यवस्था गर्ने उल्लेख गरिसकेको छ । तर अहिले आम निर्वाचन घोषणा भइसक्दा पनि त्यसको कुनै व्यवस्था गरेको देखिँदैन । यसले गर्दा प्रवासम

राष्ट्रिय जनमोर्चा स्थानीय तहको निर्वाचनमा संघीयता खारेजीको नारा लिएर जाने

बुटवल– राष्ट्रिय जनमोर्चा संघीयता खारेजीको नारा लिएर स्थानीय निर्वाचनमा जाने भएको छ। बुटवलमा ‘राष्ट्रिय जनमोर्चाको स्थानीय तह निर्वाचन घोषणा पत्र २०७५’को सार्वजनिक गर्दै जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले गणतन्त्र तथा राष्ट्रियताको रक्षा गरौँ, संघीयता खारेज गरौँ भन्ने नारा लिएर चुनावमा जाने बताए। संघीय शासन प्रणालीको अभ्यासबाट संघीयताका कारण नेपालमाथि आर्थिक बोझ थपिँदै गएका कारण संघीयता खारेज […]

एमसिसीमा जालझेल गरेकाे भन्दै गठबन्धनबाट बाहिरियो जनमोर्चा

काठमाडौं : पाँच दलीय सत्ता गठबन्धनबाट राष्ट्रिय जनमोर्चा बाहिरिएको छ। अमेरिकी सहयोग परियोजना एमसिसी जालझेल गरेर अनुमोदन गरेको भन्दै राष्ट्रिय जनमोर्चा गठबन्धनबाट बाहिरिएको हो। आज बसेको राष्ट्रिय जनमोर्चाको केन्द्रीय सचिवालयले गठबन्धनबाट अलग भएको घोषणा गरेको हो। बैठकपछि अध्यक्ष चित्रबहादुर केसीले विज्ञप्ति जारी गर्दै केपी ओलीले लादेको प्रतिगमनका विरुद्ध मात्रै पाँच दलीय गठबन्धनको निर्माण र त्यसको निरन्तरतामा जोड दिँदै आएको उल्लेख गरेका छन्। ‘एमसीसी सम्झौताले देशको राष्ट्

सत्ता गठबन्धनबाट राष्ट्रिय जनमोर्चा अलग, एमसीसीको विरोधमा आन्दोलन गर्ने

काठमाण्डाै – राष्ट्रिय जनमोर्चाले सत्ता गठबन्धनबाट अलग भएको घोषणा गरेको छ । आज साेमवार बसेको राष्ट्रिय जनमोर्चाको केन्द्रीय सचिवालयको बैठकले अमेरिकी सहायता परियोजना एमसीसी जबरजस्ती अनुमोदन गरिएको भन्दै गठबन्धन छाड्ने निर्णय गरेको हो । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिगमनका विरुद्ध जनमोर्चाले पाँच दलीय गठबन्धनको निर्माण र त्यसको निरन्तरतामा जोड दिँदै आए पनि अहिले सरकारले नेपालको स्वाधीनता र सुरक्षाको विरुद्धमा रहेको एमसीसी अनुमोदन गरेकाले गठबन्धनबाट बाहिरिएको जनाएको छ । नेपाली नागरिक सडकमा ...

गुल्मीमा राजमोको एक महिने ‘संगठन र संघर्ष’ कार्यक्रम घोषणा

शंकरप्रसाद पोखरेल, गुल्मी । राष्ट्रिय जनमोर्चा गृुल्मीले जिल्लाव्यापी ‘संगठन र संघर्ष’ अभियान घोषणा गरेको छ । बुधबार सम्पन्न अगुवा कार्यकर्ता भेलाले प्रतिनिधि सभा विघटनविरुद्ध संघर्ष गर्दै जिल्लामा संगठन निर्माणको योजना तय गरेको हो । कार्यक्रमलाई सम्बोधन गर्दै राजमोका पूर्व केन्द्रीय सल्लाहकार सुरेस थापाले सरकारले चालेको असंवैधानिक कदमका कारण साम्राज्यवादीहरु चलखेल गर्ने मौका पाएको उल्लेख गर्दै संसद पुनर्स्थापना र एमसीसी खारेजीमा जोड दिनुभयो । यस्तै, नेकपा (मसाल) का जिल्ला प्रवक्ता ओमेन्द्र कुँवरले पार्टीका कार्यकर्ताहरु लेनिनवादी संगठनात्मक सिन्द्दातमा अगाडि बढ्ने गरि संगठन निर्माण गर्नुपर्ने कुरामा जोड दिनुभयो । कार्यक्रमलाई राजमो केन्द्रीय सदस्य तथा कालीगण्डकी गाउँपालिकाकी उपाध्यक्ष तरा थापा, मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका केन्द्रीय प्रतिनिधि रामकुमार क्षेत्रीलगायत वक्ताहरुले सम्बोधन गर्नुभएको थियो । राजमो जिल्ला अध्यक्ष जीवन रानाको अध्यक्ष र सचिव छविलाल सर्तुङगीको सञ्चालनमा अघि बढेको भेलामा जिल्ला उपाध्यक्ष रामेस्वर खत्रीले स्वागत गर्नुभएको थियो । कार्यक्रममा कोषाध्यक्ष टेकबहादुर केसीले एक महिने संङ्गठन र संघर्षका कार्यक्रमको घोषणा गर्नुभएको थियो । कार्यक्रम अन्तर्गत हरेक स्थानीय तहमा कम्तिमा एक हप्तासम्म संगठन निर्माण तथा संसंसद विघटनविरुद्ध संघर्षका कार्यक्रमहरु हुनेछन् ।

कपिलवस्तुमा राष्ट्रिय जनमोर्चाको कोणसभा सम्पन्न

तौलिहवा । राष्ट्रिय जनमोर्चा कपिलवस्तुले आज माघ ६ गते जिल्लाको दुई ठाउँमा कोणसभा सम्पन्न गर्नुको साथै पर्चा वितरण गरेको छ । शिवराज नगरपालिका वडा नं. ७ को रुद्रपुर बजारमा भएको सभालाई सबोधन गर्दै राष्ट्रिय जनमोर्चा नेता तथा अखिल नेपाल ट्रेड युनियन महासङ्घ (अन्टुक) का केन्द्रीय सदस्य केरसिंह अदैले देशको तात्कालिक राजनैतिक अवस्थाको बारेमा प्रष्ट पार्नु भएको थियो । कपाभित्रको गुटगत लडाइँले देश दुर्घटनातर्फ अघि बढ्दै गएको बताउँदै उहाँले नेपाली जनताको सर्वोच्च निकाय प्रतिनिधि सभा पार्टीभित्र को लडाइँले विघटन गर्नु देशको लागि दुर्दशा भएको धारणा व्यक्त गर्नुभयो । केपी ओली सरकारले चुनाव घोषणा गरे पनि अहिले चुनाव गर्ने देशको अवस्था र जनताको मनस्थिति नभएको बताउँदै प्रतिनिधि सभा पुनर्स्थापना मात्र राजनीतिक निकास भएको उहाँले बताउनु भयो । देशमा सङ्घीयताले ल्याएको दुष्परिणामले गर्दा सङ्घीयता गलत रहेछ भन्ने कुरा व्यवहारमै आम नेपाली जनताले बुझ्दै गएको उहाँले बताउनुभयो । सभालाई मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका केन्द्रीय सदस्य राम बहादुर विकले पनि सम्बोधन गर्नु भएको थियो । सभाको सञ्चालन राष्ट्रिय जनमोर्चा जिल्ला कोषाध्यक्ष चेतनारायण खनालले गर्नुभएको थियो । त्यसैगरी शिवराज नगरपालिका वडा नं. ४ को बर्गदवा गाउँमा पनि पर्चा वितरण गर्नुको साथै कोणसभा सम्पन्न भएको छ । मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका केन्द्रीय सदस्य रामबहादुर विकको सञ्चालनमा भएको कोणसभालाई राष्ट्रिय जनमोर्चाका जिल्ला सल्लाहकार तथा अखिल नेपाल ट्रेड युनियन महासङ्घ (अन्टुक) का केन्द्रीय सदस्य केरसिंह अदैले सम्बोधन गर्नुभएको थियो ।