राष्ट्रिय जनमोर्चा प्युठानले एकमहिने ‘बस्तीदेखि जिल्लासम्म’ कार्यक्रम सञ्चालन गर्दै

कमल पौडेल/खलङ्गा । ओली सरकारको असंवैधानिक कदमको विरोधमा राष्ट्रिय जनमोर्चा प्युठानले माघ महिना भरी १ महिने कार्यक्रम को घोषणा गरेको छ । राजमो नेता आनन्द शर्माको प्रमुख आतिथ्यतामा आज (मङ्गलबार) आयोजित कार्यक्रमद्वारा उपर्युक्त योजना बनाइएको हो । कार्यक्रममा राजमो नेता आनन्द शर्माले प्रमुख अतिथिको आसनबाट मन्तव्य राख्दै नेकपाको कार्यदिशा नै गलत भएको हुँदा देशमा समस्या झनै बल्झिदै गएको बताउनुभयो । नेकपामा दूरगामी सोचाइ नहुँदा आफ्नै पार्टी टुटफुटको अवस्थामा आएको उहाँको भनाइ थियो । उहाँले प्रतिनिधि सभाको पुनः स्थापनाको विषयलाई लिएर सबै बस्ती बस्तीमा पुगी जनतालाई सचेत गराउनुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा राजमो नेता सुरेश थापाले अहिलेसम्म प्राप्त नेपाली जनताका सबै अधिकारलाई वर्तमान सरकारले कुल्चन खोजेको हुँदा अब सबै नेपाली सचेत भई सरकारलाई खबरदारी गर्नुपर्ने बेला आएको बताउनुभयो । उहाँले वडादेखि जिल्लासम्मका सबै कार्यक्रमको कार्यतालिकासमेत प्रस्तुत गर्नुभएको थियोे । कार्यक्रममा राजमोका केन्द्रीय सदस्य बासुदेव पोख्रेल, प्रदेश सांसद तारा जिसी, नेकपा (मसाल) प्युठानका प्रवक्ता ज्ञामुराम न्यौपाने, जिल्ला समन्वय समिति प्युठानका प्रमुख केशवराज आचार्यलगायतका नेता तथा कार्यकर्ताहरूको उपस्थिति रहेको थियो । राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य तथा प्युठान जिल्लाध्यक्ष कृष्णबहादुर खड्काको अध्यक्षता तथा जिल्ला उपाध्यक्ष इमानसिंह खड्काको स्वागत मन्तव्य अगाडि बढेको थियो । कार्यक्रमको सञ्चालन राजमोका जिल्ला सचिव विदुर मल्लले गर्नुभएको थियो ।

सम्बन्धित सामग्री

नवलपुरमा ‘संसद विघटन र प्रतिगमनको खतरा’ विषयक अन्तरक्रिया

गोबिन्द कुमार शर्मा, गैंडाकोट । राष्ट्रिय जनमोर्चा नवलपुरको आयोजनामा गैंडाकोटमा ‘संसद विघटन र प्रतिगमनको खतरा’ विषयक अन्तरक्रिया कार्यक्रम सञ्चालन गरिएको छ । शनिबार गैंडाकोटस्थित श्रीराम पार्टी प्यालेसमा सञ्चालन भएको अन्तरक्रिया कार्यक्रममा नेकपा (मसाल) का महामन्त्री मोहनविक्रम सिंहद्वारा लिखित अवधारणापत्र राजमो नवलपुरका अध्यक्ष दिपक पाण्डेले वाचन गरेर सुनाउनु भएको थियो । अध्यक्ष पाण्डेले अन्तरक्रिया कार्यक्रमको अध्यक्षता समेत गर्नुभएको थियो । राजमो नवलपुरका सल्लाहकार देवराज पौडेलको संचालन र विकाराम चौधरीको स्वागत मन्तव्यबाट अघि बढेको अन्तरक्रिया कार्यक्रममा राष्ट्रिय जनमोर्चाका पूर्वकेन्द्रीय सचिव कृष्ण अधिकारी, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका गण्डकी प्रदेश सचिवालय सदस्य तथा संविधानसभाका सभासद कृष्ण पौडेल, नेपाली कांग्रेसका क्षेत्रीय सभापति दोर्ण बन सन्यासी, जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य गोपेन्द्र केशरी न्यौपाने र मार्क्सवादी विचार मञ्च नेपालका अध्यक्ष युवराज पन्थीको आतिथ्यता रहेको थियो । यस्तै कार्यक्रममा अखिल नेपाल ट्रेड युनियन महासंघ (अन्टुक)का कार्यबाहक महासचिव शालिकराम सापकोटा, अखिल नेपाल महिला संघकी केन्द्रीय उपाध्यक्ष सरस्वती पौडेल, महासचिव शकुन्तला राना, तराइ मधेश जनवादी मोर्चाका केन्द्रीय सदस्य रुपनारायण महतो, अखिल नेपाल युवक संघका केन्द्रीय सदस्य तथा नवलपुर जिल्ला अध्यक्ष लालसिंह मल्ल, अखिल नेपाल जनजाति सम्मेलनकी केन्द्रीय सदस्य कला राई, अखिल नेपाल महिला संघ नवलपुरकी अध्यक्ष बिष्णु पाण्डे, विकल्प इतिहास बिशेषाङ्क प्रकासनका सम्पादक जनकलाल तिवारी र नेकपाका नगर सभापति षडानन्द लामिछानेको समेत आतिथ्यता रहेको थियो ।