सरकारले प्रतिनिधिसभा निर्वाचन सुरक्षा तथा तयारी समिति गठन गरेको छ । कामचलाउ प्रधानमन्त्री केपी शर्मा ओलीसँगको परामर्शमा गृहमन्त्री रामबहादुर थापाले गृह मन्त्रालयका प्रवक्तासमेत रहेका सुरक्षा तथा समन्वय महाशाखा प्रमुख चक्रबहादुर बुढाको संयोजकत्वमा निर्वाचन आयोग, नेपाली सेना, सशस्त्र, नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका सहसचिव तहका अधिकृत सम्मिलित समिति गठन गरेका हुन् ।