मंसिर ४ मा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन सकिएपछि ‘बन्द मतपेटिका’ ३ वटा तरिकाबाट ढुवानी गर्ने निर्णय गरिएको छ । बन्द मतपेटिका कसरी ढुवानी गर्ने भन्नेबारे केन्द्रीय सुरक्षा समिति र उच्चस्तरीय निर्वाचन सुरक्षा समितिमा लामो छलफल भएको थियो ।छलफलमा सशस्त्र प्रहरी बलका आईजीपी राजु अर्यालले मतदान गरे पछिको बन्द मतपेटिका सुरक्षा निकायको गाडीमा ढुवानी गर्दा ‘विवाद हुन्छ’ भन्दै आफ्नो संगठनको गाडीमा नबोक्ने अडान लिएका थिए । सुरक्षा समितिको बैठकमा अर्यालले भनेको उद्धृत गर्दै गृह म