साेलुखुम्बु – सोलुखुम्बुका किसानले आफूहरूले उत्पादन गरेको बन्दाले भाउ नपाएको गुनासो गरेका छन् । रासायनिक मल र विषादीको प्रयोगविना उत्पादन गरिएका अर्गानिक बन्दा किलोको १० रुपैयाँमा बिक्री गर्न पनि कठिन भएको सोलुदुधकुण्ड नगरपालिका–६ छुल्यामुका राजु विश्वकर्माले बताउनुभयो ।
उहाँले झन्डै ३० किलो बन्दा साप्ताहिक हाट नयाँ बजारमा बिक्रीका लागि ल्याउनुभएकाे थियाे । मेहनत गरेर उत्पादन गरेको अर्गानिक बन्दाले मूल्य नपाउनु त छँदैछ अर्कोतर्फ सस्तो मूल्यमा समेत बिक्री नहुँदा उहाँ चिन्तित हुनुहुन्छ । नयाँ बजारमै ...