जनता समाजवादी पार्टी नेपाल (जसपा) मा देखिएको आन्तरिक विवादको समाधानका लागि आइतबार शीर्ष तहमा वार्ता भयो । तर, वार्ताकै बीचमा पनि जसपाका दुई पक्षीय नेताहरुबीच आरोप–प्रत्यारोप रोकिएको छैन ।शनिबार उपेन्द्र यादवले आफ्ना पक्षका सांसद तथा कार्यकारिणी सदस्यको बैठक बोलाएका थिए । त्यो बैठकको महन्थ ठाकुरले विज्ञप्ति जारी गरेर विरोध गरेका थिए । त्यसपछि अध्यक्ष ठाकुर र अर्का अध्यक्ष उपेन्द्र यादवबीच आइतबार वार्ता भयो । सहमतिका लागि अन्तिमपटक प्रयास गर्ने र सहमति नभए पार्टीको विधानअनुसार अगाडि बढ्