काठमाडौँ – ग्लोबल आईएमई बैंकको रेटिङमा स्तरवृद्धि भएको छ। नेपालस्थित रेटिङ एजेन्सी इक्रा नेपालले ग्लोबल आईएमईको रेटिङमा स्तरवृद्धि गरेको हो। इक्रा नेपालले जारीकर्ता रेटिङलाई ‘ए’ माइनसबाट ‘ए’ मा स्तरवृद्धि गरेको हो। त्यस्तै विद्यमान ऋणपत्रको रेटिङमा पनि ‘एलए’ माइनसबाट ‘एलए’ स्तरवृद्धि गरेको बैंकले जनाएको छ। बैंकका अनुसार यस रेटिङले बैंकको आफ्नो वित्तीय तथा आर्थिक दायित्व समयमै […]