असोज ५, काठमाडौं । इक्रा नेपाल लिमिटेडले रू रू जलविद्युत परियोजना लिमिटेडको रेटिङमा स्तरवृद्धि गरेको छ।
इक्राले उक्त कम्पनीलाई विगतमा प्रदान गरेको(इक्रा–आईआर) बीबीबी रेटिङलाई सोही वर्गअन्तर्गत (इक्रा–आईआर) बीबीबी प्लसमा स्तरवृद्धि गरेको हो। उक्त रेटिङ प्राप्त गर्ने निकायहरु समयमा वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम मात्रामा सुरक्षित मानिन्छन्।
यस्ता निकायहरुमा मध्यम क्रेडिट जोखिम रहेको हुन्छ।