उत्तरी छिमेकी मुलुक चीनले नेपालको राजनीतिक मामिलामा चासो दिने गरे पनि दुई मुलुकबीचको वैदेशिक व्यापारमा खुला हृदयले सहयोग गरेको देखिँदैन । दुई मुलुकबीचको व्यापारका लागि खोलिएका सीमा नाकाहरू सधैं चीनकै कारण समस्यामा पर्ने गरेका छन् । चीनले नेपालमा सामान निर्यातका लागि धेरै अवरोध नगरे पनि नेपाली सामान आयातको सवालमा विभिन्न झन्झट पैदा गर्दै आएको छ […]