अर्थमन्त्रीका कारण मोरङमा सञ्चालित उद्योगका १ हजार मजदूरले ‘रोजगारी’ गुमाए

अर्थमन्त्री जनार्दन शर्माका कारण मजदूरको मजदूरी खोसिन सुरु भएको छ । आज असार २२ गते बुधबारसम्म मात्रै पूर्वका उद्योगमा मजदूरी गर्ने १ हजार जनाले काम गुमाईसकेका छन् ।जेठ १५ गते ल्याएको बजेटले एमएस वायर उद्योगहरु बन्द हुने अवस्थामा पुगेपछि रडमा आधारित यस्ता उद्योगले मजदूर र कर्मचारी हटाउन थालेका हुन् । मोरङका ५ वटा यस्ता उद्योगले श्रम कानुन अनुसार ‘कन्ट्रयाक्ट’मा राखेका ६ सय बढी कर्मचारी कटौती गरेका छन् ।यस्ता उद्योगहरुले ३० दिनको म्याद राखेर अरु कर्मचारीहरुलाई पनि पत्र थमाईसकेका छन् । २ दिनको लागि मात्रै पुग्ने कच्चा पदार्थ रहेको र त्यसपछि कच्चा पदार्थ ल्याएर उत्पादन गराउन सक्ने अवस्था नरहेको भन्दै आफूहरुले ३० दिनको अवधि राखेर श्रम कानुन अनुसार कर्मचारीहरुलाई पत्र दिएको उद्योगी अनिल शारडाले बताए ।शारडा समूहद्वारा सञ्चालित पायनियर वायर्सले जीआई वायरतर्फ काम गर्ने सबै कर्मचारी हटाउने प्रक्रिया सुरु गरिसकेको छ ।‘९० जनालाई बिदा गरिसक्यौँ, केहीँ गरेपनि अर्थमन्त्री सुध्रिने अवस्था रहेन, त्यसैले अब हामी कच्चा पदार्थ ल्याएर काम गर्ने अवस्था रहेन, त्यहीँ भएर बाँकी ८४ जना मजदुर र २८ जना कर्मचारी पनि हटाउनुपर्ने बाध्यता पर्यो, त्यसैका लागि सूचना निकालेका हौँ’ उद्योगी शारडाले भने ।यसलाई उद्योगले बाध्यात्मक अवकाश भनेको छ ।कुन उद्योगले कति कर्मचारी हटाउँदैछन् ?अर्थमन्त्री शर्माले जीआई वायरको कच्चा पदार्थमा १० प्रतिशत भन्सार र प्रति मेट्रिक टन ४५ सय अन्तःशुल्क लगाएका छन् । भारतले पनि यस्तो कच्चा पदार्थ निर्यातमा गत मे २० बाट १५ प्रतिशत कर लगाएको छ । तर, अर्थमन्त्री शर्माले तयारी बस्तु करिब १७ प्रतिशत कर तिर्दा आईपुग्ने र नेपालमै उत्पादन गर्न कच्चा पदार्थको आयातमै समग्रमा २९.५ प्रतिशत कर लगाउने नीति लिएपछि जीआई वायर उद्योगहरु बन्द हुने बाटोमा छन् । तर एमएस वायरबाट उत्पादन गरिने तयारी जिआई वायरको आयात गर्दा साफ्टा सम्झौताअन्तर्गत नेपालमा ६ प्रतिशत भन्सार र प्रतिकिलो १० रुपैयाँ अन्तःशुल्क तिरे पुग्छ । यसैकारण ठूलो ब्यापारिक घराना विशाल ग्रुपले सञ्चालन गरिरहेको कमला स्टीलले आगामी शुक्रबारसम्म २ सय जना मजदुर हटाउँदैछ । प्रिमियर वायरका सञ्चालक पवन शारडाका अनुसार उनको उद्योगले पनि कन्ट्रयाक्टका २ सय जना मजदुर कटौती गरिसकेको छ । हुलास वायरकी सञ्चालिका युक्ति गोल्छाका अनुसार केही दिन काम गर्न पुग्ने कच्चा पदार्थ बाँकी रहेकाले त्यो सकिनासाथ यहीँ हप्ताभित्र कम्तीमा १५० जनाले मजदूरले रोजगारी गुमाउँदै छन् ।

सम्बन्धित सामग्री

अर्थोडक्स चियाको निर्यात लागत तेब्बर बढ्यो

झापा-कोभिड–१९ भाइरसको महामारीका कारण अर्थोडक्स चियाको निर्यात लागत तीन गुणाले बढेको छ । महामारीयता विदेशी ढुवानी कम्पनीले अस्वाभाविक रूपमा मूल्य बढाउँदा निर्यात लागत तेब्बरले बढेको हो ।झापाको नेचर हिमालय चिया उद्योगका अध्यक्ष डा. एकनारायण चापागाईंका अनुसार महामारीअघि १५ हजार किलो चिया रसिया निर्यात गर्दा पाँच हजार डलर खर्च हुन्थ्यो । “अहिले सोही परिमाणको चिया निर्यातमा […]

निर्माण र उद्योगका ८१ प्रतिशत महिला श्रमिकको पारिश्रमिक तोकिएभन्दा न्यून

श्रमिकको न्यूनतम पारिश्रमिक मासिक १५ हजार तथा दैनिक पाँच सय ७७ रुपैयाँ र प्रतिघन्टा ७७ रुपैयाँ पाउने व्यवस्था कोभिडका कारण ७६ प्रतिशत महिलाको आयस्रोत गुमेको एक अध्ययनले देखाएको छ  सरकारले १ साउन...

चिलीमा कपडाको पहाड (तस्वीरमा)!

काठमाडौं : दक्षिण अमेरिकी देश चिली सुन्दर पहाडी भूगागका लागि विश्वभर सुपरिचित छ।यो देशमा २० हजार फिटभन्दा अग्ला २२ वटा पहाड छन्। तर चिलीको अटाकामा मरुभूमिमा एउटा यस्तो पहाड छ जुन कपडा र जुत्ताले बनेको छ।यो पहाडको निर्माणमा क्रिसमसको स्वेटरदेखि स्की बुटसम्मको उपयोग गरिएको छ।यहाँ फ्याँकिएका कपडाले यो पहाड वर्षेनी कम्तीमा ३९ हजार टनले चुलिँदै गइरहेको बताइन्छ।द्रुत गतिमा बढिरहेको फेसन उद्योगका कारण प्रदूषण पनि बढ्दै गएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्।कपडाको थुप्रो खुला ठाउँमा फ्याँक्दा

कोरोनाको कारण सल्यानका करीब १ हजार ४०० उद्योग बन्द

जेठ ३०, सल्यान । कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि सल्यानका झण्डै १ हजार ४०० उद्योग बन्द भएका छन् ।  जिल्लामा कोरोना भाइरसको संक्रमण दर बढ्दै गएपछि सरकारले जारी गरेको निषेधाज्ञाका कारण जिल्लामा रहेका घरेलु तथा साना गरेर झण्डै १ हजार ४०० उद्योग बन्द भएका हुन् ।  जिल्लामा घरेलु तथा साना उद्योगका रूपमा सञ्चालित फर्निचर, ग्रिल, गार्मेन्ट, टिमुर, अदुवा प्रशोधन उद्योग, बुटिक, सिलाइकटाइ लगायतका उद्योग ठप्प भएका हुन् । बन्गाडकुपिण्डे नगरपालिका–९ सेराका पूर्णबहादुर बुढाथोकीले गाउँमै पाँच वर्षदेखि टिमुर बेसार र अदुवा प्रशोधन उद्योग सञ्चालन गर्दै आएका छन् । वार्षिक झन्डै ३० हजार प्याकेट मसला उत्पादन गर्दै आएको उद्योग विगत केही महीनायता बन्द रहेको छ ।  कोरोनाका कारण गत वर्ष पनि मुस्किलले ६ महीना चलेको उद्योग राम्ररी नफस्टाउँदै फेरि बन्द गर्नुपरेको उनको भनाइ छ । प्रशोधन उद्योग बन्द हुँदा किसानले उत्पादन गरेका सामग्रीहरू घरमै थन्किएको बुढाथोकीले बताए । महामारीले फर्निचर उद्योग बन्द हुँदा व्यवसाय नै धरापमा परेको कालीमाटी गाउँपालिका–३ का महेश भण्डारीले बताए । उनले गाउँमा फर्निचर उद्योग सञ्चालन गरी मासिक ५० हजार रुपैयाँसम्म कमाइ गर्दै आएका थिए । शारदा नगरपालिका–१ श्रीनगरमा सञ्चालन गरिएको भण्डारी गार्मेन्ट पनि दुई महीनादेखि बन्द छ । उद्योग बन्द भएपछि मासिक ३ लाख रुपैयाँ घाटा सहनु परेको गार्मेन्टका सञ्चालक वीरेन्द्र भण्डारीले बताए । ‘अब त बैंकको ब्याज तिर्न पनि समस्या भयो,’ उनले भने, ‘उद्योगमा ताला लाग्दा कर्मचारी र परिवार पाल्न हम्मेहम्मे परेको छ ।’ कोरोनाका कारण गत वर्ष पनि मुस्किलले ६ महीना चलेको उद्योग राम्ररी नफस्टाउँदै फेरि बन्द गर्नुपरेको उनले गुनासो गरे । उद्योग बन्द भएपछि उत्पादित सामग्री थन्क्याउनु पर्ने बाध्यता भएको सदरमुकामस्थित खैराबाङी फर्निचर उद्योगका सञ्चालक राजु गौतमले बताए । उनका अनुसार दुई महीना उद्योग बन्द हुँदा झन्डै ७ लाख रुपैयाँको घाटा भएको छ । ‘पुरानै गतिमा उद्योग चलाउन निषेधाज्ञा खुले पनि चार/पाँच महीना पर्खिनुपर्छ,’ उनले भने, ‘कच्चा पदार्थ काम नलाग्ने अवस्थामा पुगेको छ ।’  उनले सदरमुकामका चार विषयगत कार्यालयका लागि निर्माण गरिएका फर्निचर उद्योगमै थन्किएको बताए । जिल्लामा रहेका उद्योग बन्द हुँदा झन्डै २ हजार ५०० मजदूरको रोजगारी गुमेको छ ।

चलचित्र क्षेत्रका २५ हजार मजदुरलाई सलमानको सहयोग

एजेन्सी। बलिउड अभिनेता सलमान खानले चलचित्र उद्योगका २५ हजार ज्यालादारी मजदुरलाई सहयोग गर्ने भएका छन्। उनले कोरोना महामारीको दोस्रो लहरका कारण समस्यामा परेका दैनिक ज्यालादारी मजदुरको खातामा एक हजार ५०० भारु ट्रान्सफर गर्न लागेका हुन्। फेडरेशन अफ वेस्टर्न इण्डिया सिने एम्प्लयसँग समन्वयमा सलमानले उनीहरूको खातामा पैसा पठाउन लागेका हुन्। यसअघि पनि उनले पहिलो लहरको समयमा पनि पैसा पठाएका थिए।

चलचित्र क्षेत्रका २५ हजार मजदुरलाई सलमानको सहयोग

एजेन्सी। बलिउड अभिनेता सलमान खानले चलचित्र उद्योगका २५ हजार ज्यालादारी मजदुरलाई सहयोग गर्ने भएका छन्। उनले कोरोना महामारीको दोस्रो लहरका कारण समस्यामा परेका दैनिक ज्यालादारी मजदुरको खातामा एक हजार ५०० भारु ट्रान्सफर गर्न लागेका हुन्। फेडरेशन अफ वेस्टर्न इण्डिया सिने एम्प्लयसँग समन्वयमा सलमानले उनीहरूको खातामा पैसा पठाउन लागेका हुन्। यसअघि पनि उनले पहिलो लहरको समयमा पनि पैसा पठाएका थिए।

इँटा उद्योगका तीन हजार भारतीय मजदुरको घर फर्कने चाहना

झापाको इँटा उद्योगमा काम गरिरहेका तीन हजार भारतीय मजदुर बन्दाबन्दीका कारण घर फर्किन पाएका छैनन् । उनीहरु अहिले आफू कार्यरत इँटा उद्योगमै सतर्कता अपनाउँदै बसेका छन् ।

१७ हजार हेक्टरको धानबाली नष्ट - Karobar National Economic Daily

रौतहटः केही दिनअघि आएको बाढीका कारण रौतहटमा १७ हजार हेक्टरमा लगाइएको धानबाली नष्ट हुँदा १ अर्ब २० करोड रुपैयाँ बराबरको क्षति भएको छ । यसअघि रौतहटमा सञ्चालित मदिरा उद्योगका कारण…