काठमाडौं : नेपालले प्रधानमन्त्री थ्री नेसन्स कप फुटबल प्रतियोगिताको पहिलो खेल नेपालले जितेर विजयी शुरुवात गरेको छ। नेपालले बुधबार भएको खेलमा लाओसलाई २-० गोलले पराजित गरेको हो। त्रिपुरेश्वरस्थित दशरथरंगाशालामा बुधबार साँझ भएको खेलमा एशियाली प्रतिद्वन्द्वी लाओसलाई २–० गोल अन्तरले हराउँदै नेपालले विजयी शुरुवात गरेको हो।नेपालको जितमा अनन्त तामाङ र नवयुग श्रेष्ठले १/१ गोल गरे। खेलको ३० औँ मिनेटमा एरिक विष्टले प्रहार गरेको कर्नर किकको सदुपयोग गर्दै अनन्तले हेडरमार्फत आकर