‘थ्री नेशन्स कप’ खेल्न बङ्गलादेशी फुटबल टोली काठमाडौं आइपुग्यो

बङ्गलादेशको राष्ट्रिय फुटबल टोली ‘थ्री नेशन्स कप’ खेल्न काठमाडौं आइपुगेको छ । प्रतियोगिता अन्तगर्तको पहिलो खेलमा बङ्गलादेशले आगामी मङ्गलबार कीर्गिस्तानको सामना गर्नेछ । अखिल नेपाल फुटबल संघ(एन्फा)का उपाध्यक्ष शिक्षित पराजुली र कार्यसमिति सदस्य रुपेश अधिकारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बङ्गलादेशको राष्ट्रिय टोलीका सदस्यलाई स्वागत गर्नुभयो । बङ्गलादेश फुटबल टोलीका सदस्य, प्रशिक्षकसहित करिब ३० जनाको टोली काठमाडौं आएको हो । नेपालले चैत्त १० गतेदेखि ‘थ्री नेशन्स कप’ मैत्रीपूर्ण फुटबल प्रतियोगिताको आयोजना गर्न लागेको छ । प्रतियोगितामा नेपाल, बङ्गलादेश र कीर्गिस्तानको सहभागिता रहनेछ । प्रतियोगिताका सबै खेल दशरथ रङशालामा खेलाइनेछ ।

सम्बन्धित सामग्री

खलबलिएको लय र खेल सुधार्ने चुनौतीबिच उपाधिका लागि लाओससँग भिड्दै नेपाल

काठमाडौं : नेपाली फुटबल टोली एक प्रकारले संक्रमणकालीन अवस्थासँग जुधिरहेको छ। सँधैजसो राष्ट्रिय टोलीमा देखिने अनुहारहरु एयरपोर्टमा खादा लगाएको सामान्य घटनाक्रम जस्तै देखिन थालिसकेको छ। यस्तोमा प्रशिक्षक पनि नयाँ हुँदा नेपाली टोली सन्तुलन बनाउन संघर्ष गरिरहेको छ। पछिल्लो समय नेपाली टोलीले प्रधानमन्त्री थ्री नेशन्स कप खेलिरहेको छ घरेलु मैदान दशरथ रंगशालामा।…