काठमाडौं । प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको उपाधि नेपाली सेनाको त्रिभुवन आर्मी क्लबले उचालेको छ । शनिबार भएको फाइनलमा नेपाल एपीएफ क्लबलाई ३३ रनले पराजित गर्दै आर्मीले पहिलो पटक उपाधि जितेको हो ।
आर्मीले पहिलोपटक प्रधानमन्त्री कप क्रिकेटको उपाधि उचालेको हो । उपाधिसँगै आर्मीले १० लाख रुपैयाँ प्राप्त गरेको छ। उपविजेता बनेको एपीएफले पाँच लाख रुपैयाँ प्राप्त गर्यो।
आर्मीले दिएको २ सय १२ रनको लक्ष्य पछ्याएको एपीएफले ४३ दशमलव ४ ओभरमा सबै विकेट गुमाएर १ सय ७८ रनमा अलआउट भयो ।