चार वर्षभित्र सक्ने गरी नेपाली सेनाले जिम्मा लिएको निजगढ–काठमाडौं द्रुतमार्ग निर्माण अवधि सकिन दुई वर्ष बाँकी छँदा जम्मा १६ प्रतिशत मात्रै काम सकिएको छ । सरकारी र प्राविधिक पक्षले समस्या पारेपछि नेपाली सेनाले राष्ट्रिय गौरवको आयोजनामा कमजोर प्रगति देखिन पुगेको प्रस्ट पारेको हो ।नेपाली सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेलले सुरुमा डीपीआर, अन्तर्राष्ट्रिय परार्मशदाता छनोट, मुद्दा–मामिला, सुरुङ […]