धौलागिरि अस्पतालमा सोमबार उपचारार्थ आएका ३० जनाको रगत परीक्षण गर्दा ८ जनामा डेंगी संक्रमण भेटियो । डेंगीसँगै लक्षण मिल्ने ज्वरो, टाउको र जीउ दुख्ने लक्षण भएका बिरामीलाई मात्र अस्पतालले डेंगी परीक्षण गराउँछ । तर अस्पतालमा दैनिक ३० देखि ५० जनाको परीक्षण गर्न किटको समेत अभाव हुन थालेको छ ।