प्राविधिक समस्या समाधान भएसँगै नेपाल टेलिकमको मोबाइल सेवा सुरु

काठमाण्डाै – नेपाल टेलिकमको मोबाइल सेवामा देखिएको प्राविधिक समस्या समाधान भएको छ । आज बिहानैदेखि काठमाण्डाैसहित देशभरका पोष्टपेड र प्रिपेड नम्बरमा फोन नलाग्ने भएको थियो । तर, अहिले मर्मत गरेर  समस्या समाधान भएसँगै सेवा सुरु भएको टेलिकमले जनाएको छ । मोबाइल सेवामा देखिएको समस्याका कारण सेवाग्राही समस्यामा परेका थिए ।

सम्बन्धित सामग्री

ईसेवाको समस्या समाधान

काठमाडौं । विद्युतीय भुक्तनी सेवा प्रदायक कम्पनी ईसेवाको कारोबारमा आएको समस्या समाधान गरिएको छ । सोमबार दिउँसोदेखि ईसेवामा आएको प्राविधिक समस्या अहिले समाधान भएको कम्पनीले जनाएको छ । कम्पनीले आफ्नो फेसबुक पेजमार्फत् प्राविधिक टोलीबाट समस्या समाधान गरिसकेको जनाएको छ । ग्राहकमा परेको असुविधाप्रति कम्पनीले क्षमा मागेको छ ।

इसेवाको सेवा पुनः सुचारू

इसेवाको सेवा पुनः सुचारू भएको छ । बिहानदेखि प्राविधिक समस्या कारण इसेवाको सेवा अवरूद्ध भएको थियो । कम्पनीले यसअघि देखिएको प्राविधिक समस्या समाधान भएर पुनः सेवा सुचारू भएको जानकारी दिएको छ...

प्राविधिक समस्या समाधान भएपछि राहदानी लिने बढे

काठमाडौँ,४ माघ । राहदानी विभागमा सेवाग्राहीको भीड थपिँदै गएको छ । गत पुस १७ गतेदेखि विभागको सर्भरमा देखिएको समस्या झन्डै एक हप्ता अर्थात् पुस २४ मा समाधान भएसँगै काम सुरु हुन थालेपछि राहदानी लिनेको भीड लाग्ने गरेको हो । राहदानी लिन आउनेका कारण भीड थेगिनसक्नु भएको विभागले जनाएको छ । विभागमा हिजोआज वैदेशिक रोजगारमा जानका […]

राहदानी सेवा आयो सञ्चालनमा, सहज बनाउन गृहकार्य हुँदै

काठमाडौं : विद्युतीय राहदानी जारी गर्ने कार्यअन्तर्गत प्रमाणीकरण प्रक्रियामा देखिएको प्राविधिक समस्या समाधान भएको छ।विद्युतीय राहदानीसम्बन्धी सेवाग्राहीको तथ्यांक प्रविष्टीपछि प्रमाणीकरण गर्ने क्रममा प्राविधिक समस्या देखिएपछि सेवा प्रभावित बनेको थियो। लगत्तै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को निर्देशनमा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयको प्राविधिक टोलीले विभागको निरीक्षण तथा प्राविधिक समस्याको विश्लेषणका लागि सूचना प्रविधि शाखाका प्राविधिकहरू परिचालन गरेको थियो।सम

राहदानी विभागको प्राविधिक समस्या समाधान, प्रक्रिया सहज बनाउन गृहकार्य सुरु

विद्युतीय राहदानी जारी गर्ने कार्यअन्तर्गत प्रमाणीकरण प्रक्रियामा देखिएको प्राविधिक समस्या हल भएको छ। विद्युतीय राहदानीसम्बन्धी सेवाग्राहीको तथ्यांक प्रविष्टिपछि प्रमाणीकरण गर्ने क्रममा प्राविधिक समस्या देखिएपछि सेवा प्रभावित बनेको थियो।  त्यसलगत्तै प्रधानमन्त्री पुष्पकमल दाहाल...

सांसद बोल्दाबोल्दै माइक बिग्रियो, बैठक स्थगित

‘म बोल्दाबोल्दै माइक बिग्रियो । बोलेर सकेपछि सभामुखज्यूले समय नतोकी प्राविधिक समस्या समाधान नहुँदासम्म भनेर बैठक स्थगित गर्नुभएको छ,’ सांसद पोखरेलले शिलापत्रसँग भनिन् ।

यातायात कार्यालयका सबै सेवा अनिश्चितकालीन बन्द

काठमाडौं : यातायात व्यवस्था विभागले बुधबार(आज) बेलुका ५ बजेदेखि यातायात कार्यालयहरूबाट प्रदान गरिने सबै सेवा बन्द गर्ने जनाएको छ।विभागले एक सूचना जारी गरी सबै सर्भरमा प्राविधिक समस्या देखिएकाले बन्द गर्न लागेकाे जनाएको हो। विभागका अनुसार सर्भरमा देखिएको समस्या समाधान नहुञ्जेल सबै सेवा बन्द हुनेछ।समस्या समाधान भएपछि सेवा पुन: सञ्चालन हुने विभागका प्रवक्ता डा.लोकनाथ भुसालले जानकारी दिए।

डाटा सेन्टरमा देखिएको समस्या समाधान भएन, आजको कारोबार १ अर्ब ३४ करोड मै सिमित

ब्रोकरहरुको डाटा सेन्टरमा आएको समस्या समाधान नभएपछि आज नेपाल स्टक एक्सचेन्ज नेप्सेमा २ घण्टा मात्र शेयर कारोबार भएको छ। नेप्सेले सूचना जारी गर्दै ब्रोकरको डाटा सेन्टरमा प्राविधिक समस्या आएकोले सो समस्या समाधान नहुँदासम्मको लागि भन्दै १२ बजेर ५३ मिनेटमा कारोबार रोकेको थियो । नेप्सेले डाटा सेन्टरमा प्राविधिक समस्या आएकोले सो समस्या समाधान नहुँदासम्म  कारोबार केहि समय रोकिने जनाए पनि समस्या समाधान नभएपछि आज थप कारोबार नै नभएको हो ।  १२ बजेर ५३ मिनेटपछि आज शेयर कारोबार भएन। यस संगै आज नेप्से सूचक ०.१५ अंकले बढेर २६६८.११ को बिन्दुमा पुगेको छ । आज २२० कम्पनीको २३ लाख ४९ हजार १० कित्ता शेयर खरीद बिक्रिबाट १ अर्ब ३४ करोड २२ लाख् ३२ हजार ८ सय ३९ रुपियाँको कारोबार भएको छ ।

कांग्रेस क्रियाशिल सदस्यता छानबिन समितिको बैठक बस्दै

काठमाडौं : नेपाली कांग्रेसको क्रियाशिल सदस्यमा देखिएको समस्या समाधान गर्न क्रियाशिल सदस्यता छानविन समितिको बैठक आज बस्दैछ। नेता रमेश लेखकको संयोजकत्वमा रहेको समितिले मंगलबार बुझाएको क्रियाशिल सदस्यको विवरणमा प्राविधिक समस्या मिलाउन बाँकी रहेपछि आज फेरि छलफल गर्न लागिएको हो। हिजो पार्टी पदाधिकारी तथा पू0र्वपदाधिकारी बैठकले सदस्यता विवाद समाधान गर्नका लागि २४ घण्टाको समय दिएको छ। समितिले पाएको आज दिउँसोसम्मको समय सीमाभित्र समस्या समाधान गरेर नेतृत्वलाई बुझाउनुपर्नेछ। समितिले प्रतिवे