ब्रोकरहरुको डाटा सेन्टरमा आएको समस्या समाधान नभएपछि आज नेपाल स्टक एक्सचेन्ज नेप्सेमा २ घण्टा मात्र शेयर कारोबार भएको छ। नेप्सेले सूचना जारी गर्दै ब्रोकरको डाटा सेन्टरमा प्राविधिक समस्या आएकोले सो समस्या समाधान नहुँदासम्मको लागि भन्दै १२ बजेर ५३ मिनेटमा कारोबार रोकेको थियो । नेप्सेले डाटा सेन्टरमा प्राविधिक समस्या आएकोले सो समस्या समाधान नहुँदासम्म कारोबार केहि समय रोकिने जनाए पनि समस्या समाधान नभएपछि आज थप कारोबार नै नभएको हो । १२ बजेर ५३ मिनेटपछि आज शेयर कारोबार भएन। यस संगै आज नेप्से सूचक ०.१५ अंकले बढेर २६६८.११ को बिन्दुमा पुगेको छ । आज २२० कम्पनीको २३ लाख ४९ हजार १० कित्ता शेयर खरीद बिक्रिबाट १ अर्ब ३४ करोड २२ लाख् ३२ हजार ८ सय ३९ रुपियाँको कारोबार भएको छ ।