धनुषा – मधेस प्रदेश सभामा यस पटक केही पुराना र केही नयाँ अनुहारलाई जनताले जनप्रतिनिधिका रुपमा चयन गरेका छन् । फरक दल, फरक समुदाय, फरक उमेर र फरक वर्गको प्रतिनिधित्व यस पटक मधेस प्रदेशसभा देखिने भएको छ ।
प्रदेशसभामा प्रत्यक्ष निर्वाचित ६४ र समानुपातिक ४३ गरी जम्मा एक सय सात प्रदेशसभा सदस्य चुनिने छन् । अघिल्लो निर्वाचनमा चुनिएका कतिपय सांसद यसपटक पनि पुनः दोहोरिनुभएको छ । पहिलो अनुभव लिनेको सङ्ख्या पनि उल्लेख्य छ । मुख्यमन्त्री लालबाबु राउत फेरि दोहोरिनुभएको छ । जनता समाजवादी पार्टी (जसपा) का राउत पर्सा&n...