निर्वाचनको मुखमा सरकारले एकैपटक डेढ दर्जनभन्दा बढी सचिवको सरूवा गरेको छ। वैशाख १७ र २७ गते तोकिएको प्रतिनिधिसा निर्वाचनलाई लक्षित गरी सरकारले सचिवहरूको सरूवा गरेको हो। मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले डेढ दर्जनभन्दा बढी सचिवलाई सरुवा गरेको जानकारी कृषिमन्त्री पद्मा अर्यालले दिइन्। वनमन्त्री प्रेम आलेले पनि एकैपटक ठूलो संख्यामा सचिव सरुवा गरिएको बताए।
निर्वाचन आचारसंहिता लागु हुनुभन्दा पहिले नै सरकारले सचिव सरुवा गरेको हो। अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव सुरेश अधिकारीलाई सरुवा गरी निर्वाचन आयोगमा लगिएको...