गोरखा २ बाट लोकतान्त्रिक गठबन्धनका उम्मेदवार बाबुराम भट्टराईको भोट माग्दै गरेको आवाज गोरखाको सबैजसो रेडियोबाट हिजोआज गुन्जिरहेको छ। ‘आउँदो आसन्न निर्वाचनमा मलाई आँखा चिन्हमा भोट हालेर जिताउनुहोस्’, आफै अडियो विज्ञापनमा बोल्दै उनले भनेका छन्, ‘प्रधानमन्त्री, अर्थमन्त्री बनाउनु भो, धेरै गरेँ, अझै गर्न बाँकी छ मलाई भोट दिनुहोस्।’