११ भदौ, बुटवल । नवलपरासी पश्चिमको पाल्हीनन्दन गाउँपालिका अध्यक्ष बैजुप्रसाद गुप्ताले दुई भारतीय नागरिकलाई प्रहरीसँगको मिलेमतोमा लागूऔषध मुद्दामा फसाएको आरोप लागेको छ । गुप्ताले भारतीय नागरिक रामा गुप्ता र जितेन्द्र पासवानलाई साझेदारीमा सञ्चालित कवाड व्यवसायको एक करोड ३३ लाख मुनाफा हडप्ने उद्देश्यले लागूऔषध मुद्दामा फसाएको भन्दै दोषीलाई कारबाहीको माग गरिएको हो । गुप्ताका परिवार, नेपाली […]