प्रदेश २ को नामकरणका बारेमा प्रदेशसभामा फेरि प्रक्रिया सुरु भएको छ । राजनीतिक दलहरुले प्रदेशसभामा नाम सम्बन्धी प्रस्ताव प्रस्तुत गरिसकेका छन् । प्रदेशसभा बैठकमा प्रदेशको नाम सम्बन्धमा ‘मधेस’, ‘मिथिला–भोजपुरा’, ‘जानकी’ र ‘मध्य मधेस’ प्रस्ताव पेस भएका छन् ।प्रदेश २ मा गठबन्धनको सरकार भए पनि सत्तारुढ दलहरु नै प्रदेशको नामका सम्बन्धमा एकमत छैनन् । सत्तारुढ दल जनता समाजवादी पार्टी (जसपा) नेपाल र नेकपा माओवादी केन्द्रले ‘मधेस’ प्रस्ताव