काठमाण्डाै - नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफूले अहिलेसम्म मानवअधिकारको उल्लङ्घन नगरेको बताउनुभएको छ ।
मानव अधिकार अलाइन्सले आयोजना गरेको २३औँ स्थापना दिवसमा बाेल्दै उहाँले आफूले मानव अधिकारको उल्लङ्घन अहिलेसम्म नगरेको र अब पनि नगर्ने प्रतिबद्धता जनाउनु भएकाे हाे ।
'मैले गृह मन्त्रालयजस्तो नियन्त्रण कायम गर्नुपर्ने मन्त्रालय सम्हालेको छु, प्रधानमन्त्री भएर सबै जिम्मेवारी पनि सम्हालेको छु', पूर्वप्रधानमन्त्री ओलीले भन्नुभयो, '५७ वर्षदेखि मेरो राजनीतिक लडाइँ मानवअधिकारका लागि हो, म...