काठमाण्डौ- नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । निगम सञ्चालक समितिको बैठकले आज बिहीवार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजल र मट्टितेलको मूल्यमा प्रतिलिटर पाँच रुपैयाँले वृद्धि गरेको हो ।मूल्य बढेसँगै काठमाण्डौ उपत्यकामा पेट्रोलको बिक्री मूल्य प्रतिलिटर १५०, डिजल र मट्टीतेलको मूल्य प्रतिलिटर १३३ रुपैयाँ पुगेको छ । यस्तै निगमले आन्तरिकतर्फको हवाई इन्धनको मूल्य प्रतिलिटर १० रुपैयाँ र अन्तर्राष्ट्रियतर्फ हवाई इन्धनको मूल्य प्रतिकिलोलिटर १०० अमेरिकी डलर वृद्धि गरेको छ । निगमले खाना पकाउने एलप...