अविरल वर्षाले मनाङमा डेढ करोडको बाली नोक्सान

मनाङ : हिमाली जिल्ला मनाङको नार्पाभूमि गाउँपालिकामा निरन्तरको वर्षाले बालीमा डेढ करोडको क्षति पुर्‍याएको छ । गत जेठ ३१ गतेदेखि परेको वर्षाका कारण गाउँपालिकाको पाँच वटै वडाको बालीमा क्षति पुर्‍याएको हो । निरन्तरको वर्षाले बालीमा डेढ करोड रकम बराबरको क्षति पुर्‍याएको नार्पाभूमि गाउँपालिकाका अध्यक्ष मिङ्मा छिरिङ …

सम्बन्धित सामग्री

बाढी र डुबानले कञ्चनपुरमा ५ हजार हेक्टरको खेती नोक्सान

असार तेस्रो साताको बाढी र डुबानका कारण कञ्चनपुरमा साढे ४ हजार हेक्टरभन्दा बढीको खेतीबाली नोक्सान भएको छ । स्थानीय तहहरुले संकलन गरेको प्रारम्भिक विवरण अनुसार धान, उखु, मकै र तिललगायतका बाली नोक्सान भएको हो ।

वन्यजन्तुबाट बाली जोगाउन नसकेपछि माछापालन

त्रिवेणी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको मध्यवर्ती क्षेत्रका बासिन्दा वन्यजन्तुले बाली नोक्सान गर्दा समस्यामा पर्ने गरेका छन् । चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा सधैँजसो वन्यजन्तुले बाली नोक्सान गर्न थालेपछि कतिपयले विकल्पमा माछा पोखरी निर्माण गर्न थालेका छन् । माछापालन गर्दा क्षति पनि नपुग्ने र आम्दानी पनि हुने भएपछि यस्तो विकल्पमा आफूहरू लागेको कावासोती–७ का किसान […]

पेरिसमा विपतले ३० वर्षमा ३८ खर्ब डलरको बाली नोक्सान

पेरिस, २६ असोज । प्राकृतिक तथा मानव निर्मित प्रकोपका कारण ३० वर्षमा बाली तथा पशुधनमा ३८ खर्ब अमेरिकी डलर बराबरको नोक्सान भएको सयुंक्त राष्ट्रसङ्घीय खाद्य तथा कृषि सङ्गठन (एफएओ)ले शुक्रबार जनाएको छ । बाढी, खडेरी, किराको प्रकोप, आँधी, रोग तथा युद्धका कारण सन् १९९१ देखि २०२१ को बीचमा प्रतिवर्ष एक खर्ब २३ अर्ब डलर बराबरको […]

रौतहट र सर्लाहीमा बाली नोक्सान पार्दै नीलगाई

रौतहट र सर्लाहीमा नीलगाईले बाली नोक्सान गरेको छ। रौतहट र सर्लाहीको विभिन्न भागमा दर्जनौँको संख्यामा झुन्डमा देखिने नीलगाईको आतंकले सर्वसाधारण किसान आतंकित बनेका छन्।...

बाली जोगाउन ‘धुआ’ र ‘बिजुली’ को सहारा

महोत्तरी, २८ चैत । वन्यजन्तुले बाली सखाप पारिरहेका बेला महोत्तरीको भङ्गाहा–४ रामनगरका किसान सत्यनारायण यादवले बल्ल राहत पाएका छन् । बँदेल, हरिण र नीलगाईले बाली नोक्सान गरेर धुरुक्क रुवाएका बेला उनलाई खेतबारीका कुना–कुनामा बिजुली बालेर ठाउँ–ठाउँमा ‘धुआ’ (बुख्याचा, झिलुङ्गो) ठड्याइएपछि राहत मिलेको छ । “यसपालि बँदेल, हरिण र नीलगाईले तरकारी सखाप पारे”, उनले भने, “खेतबारीका […]

जमिन छ, बैंकिङ कारोबार हुँदैन

कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नं. ७ परासनका वनवारी रानासँग ४ विघा जमिन छ । तर, उनले त्यो जमिन राखेर बैंकबाट ऋण लिई छोरीलाई एमबीबीबीएस पढाउन खोज्दा बैंकबाट ऋण पाएनन् । “बैंकमा जमिन धितो राखेर छोरीलाई डाक्टरी पढाउन चाहेको थिएँ । सीमानाको नजिक रहेको खुल्ला खेत, जंगली जनावरले पनि बाली नोक्सान गर्ने भएको हुनाले बैंकले धितो […]

कर्णालीमा पाइलोटिङ बिमा योजना सुरु गरिंदै

बर्दिया । कर्णाली नदीका तटीय क्षेत्रका किसानको बाढीले बाली नोक्सान भए बिनाझन्झट दावी भुक्तानी पाउन सूचकाङ्ंकमा आधारित बाढी बिमा लागू गर्न सुदूरपश्चिम र लुम्बिनी प्रदेश सरकार र कर्णाली नदी तटीय क्षेत्रका पाँच पालिकाका जनप्रतिनिधि सहमत भएका छन् । सुदूरपश्चिम प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयको आयोजनामा मन्त्री डाक्टर रणबहादुर रावल, लुम्बिनी प्रदेश सरकारका आन्तरिक मामिला, […]

वन्यजन्तुबाट बाली जोगाउनै धौ–धौ

सितगंगा नगरपालिका–९ सिद्धाराका भीम खत्रीको बारीमा यतिबेला गहुँ, तोरी, तरकारी छ । उनलाई यो बाली बँदेल, दुम्सी र बाँदरबाट जोगाउनै कठिन छ । रातिमा बँदेल, दुम्सी र दिउँसोमा बाँदरले बाली नोक्सान गर्न थालेपछि जोगाउन कठिन भएको उनले बताए ।

कान्जी हाउसका गाई–गोरु छाड्दा बाली नोक्सान

कैलालीको जानकी गाउँपालिका–६ सुवर्णपुरमा बनाइएको कान्जी हाउसका गाई–गोरुले स्थानीयवासीको गहुँबाली नोक्सान गरेका छन् । कान्जी हाउसमा राखिएका गाईगोरु एकैपटक खुला गरिदिएपछि सुवर्णपुरका एक दर्जन किसानको गहुँबाली पूरै मासिएको हो । “मेरो चार बिघा लगाएको गहुँ पूरै नास गरेका छन्”, स्थानीयवासी गणेश चौधरीले भने, “छाडा गाईगोरु कान्जी हाउसमा हुलिएका छन् भन्नेमा थियौँ एक्कासी खोलिदिएपछि गाउँमा मलगायत धेरै किसानको गहँुबाली नास भएको छ ।” उनले कान्जी हाउसका गाई–गोरुल

जंगली जनावरले बाली नोक्सान गरेपछि हरिपुरका स्थानीयवासीले मागे सहयोग

सर्लाही – जंगली जनावरले बाली नोक्सान गरेर  हैरान पारेपछि सर्लाही हरिपुर-१, का किसानहरुले स्थानीय निकायसँग  सहयोगका लागि आग्रह गरेका छन। उनीहरुले डिभिजन वन कार्यालय सर्लाही, हरिपुर नगरपालिका, बरहथवा नगरपालिका हरिवन नगरपालिका र बागमती नगरपालिकासँग जंगली जनावरको छेकवार गर्न आर्थिक  सहयोगको लागि...