कैलालीको जानकी गाउँपालिका–६ सुवर्णपुरमा बनाइएको कान्जी हाउसका गाई–गोरुले स्थानीयवासीको गहुँबाली नोक्सान गरेका छन् । कान्जी हाउसमा राखिएका गाईगोरु एकैपटक खुला गरिदिएपछि सुवर्णपुरका एक दर्जन किसानको गहुँबाली पूरै मासिएको हो । “मेरो चार बिघा लगाएको गहुँ पूरै नास गरेका छन्”, स्थानीयवासी गणेश चौधरीले भने, “छाडा गाईगोरु कान्जी हाउसमा हुलिएका छन् भन्नेमा थियौँ एक्कासी खोलिदिएपछि गाउँमा मलगायत धेरै किसानको गहँुबाली नास भएको छ ।” उनले कान्जी हाउसका गाई–गोरुल