कोराला नाकामा सुक्खा बन्दरगाहको सम्भाव्यता अध्ययन प्रतिवेदन तयार

१२ असार, काठमाडौं । मुस्ताङको नेपाल चीन व्यापारिक नाका कोरालामा सुक्खा बन्दरगाहको सम्भाव्यता अध्ययन सकिएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय मातहतको व्यापार पूर्वाधार विकास निकाय नेपाल इन्टर मोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले सम्भाव्यता अध्ययन प्रतिवेदन तयार भएको बताए । उक्त प्रतिवेदन अनुसार दुई चरणमा निर्माण सम्पन्न गर्ने प्रस्ताव गरिएको बन्दरगाहको […]

सम्बन्धित सामग्री

मल कारखानाको सम्भाव्यता अध्ययन गर्न समझदारी

काठमाडौं । हरित अवधारणाअन्तर्गत नेपालमा २६ करोड अमेरिकी डलर अनुमानित लागतको मल कारखाना स्थापना गर्न विस्तृत सम्भाव्यता अध्ययन हुने भएको छ । अध्ययनका लागि लगानी बोर्ड नेपाल र मलेशियाली कम्पनी रिनिकोला एसडीएन बीएचडीबीच बुधवार समझदारीपत्रमा हस्ताक्षर भएको हो । ग्रीन क्याल्सियम एमोनियम नाइट्रेट मल कारखाना स्थापनाको सम्भाव्यता अध्ययन गर्ने समझदारीपत्रमा लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्ट र रिनिकोलाका प्रबन्ध निर्देशक बौमहिदी अब्देलालीले हस्ताक्षर गरेका हुन् । उक्त परियोजनाले इलेक्ट्रोलाइसिस प्रविधि प्रयोग गरी वार्षिक ९५ हजार ६ सय मेट्रिक टन ग्रीन एमोनिया र २ लाख ८६ हजार ९ सय ७५ मेट्रिक टन ग्रीन क्याल्सियम एमोनियम नाइट्रेट मल उत्पादन गर्ने प्रस्ताव गरिएको छ । परियोजना तनहुँ जिल्लाको आबुखैरेनीमा स्थापना हुने प्रस्ताव गरिएको बोर्डका सहसचिव अमृत लम्सालले बताए । उनका अनुसार प्रस्तावक रिनिकोलाले अनुमतिपत्र प्राप्त गरेको २ वर्षभित्र विस्तृत सम्भाव्यता अध्ययन प्रतिवेदन लगानी बोर्डलाई बुझाइसक्नु पर्नेछ । ‘ग्रीन क्याल्सियम एमोनियम नाइट्रेट मल उत्पादन भएमा अहिले किसानले प्रयोग गरिरहेको युरिया र डीएपीको झन्झट हट्नेछ । यो मलले युरिया र डीएपीको विकल्पका रूपमा काम गर्छ,’ उनले आर्थिक अभियानसँग भने, ‘युरिया/डीएपी र ग्रीन क्याल्सियम एमोनियम नाइट्रेट उत्पादन गर्ने प्रविधि फरक छ तर बालीनालीले पाउनुपर्ने सम्पूर्ण तत्त्व यसबाट पनि पाउँछ ।’  सार्वजनिक–निजी साझेदारी तथा लगानी नियमावली, २०७७ को व्यवस्थाअनुसार रिनिकोलाले ऊर्जाका रूपमा विद्युत् प्रयोग गरी वातावरणमैत्री प्रविधि अपनाई मल उत्पादनका लागि २०७९ पुस २४ मा गरेको प्रस्तावका आधारमा बोर्डको २०७९ चैत ३० मा सम्पन्न ५३औं बैठकले प्रस्तावकलाई अध्ययन अनुमतिपत्र प्रदान गर्ने निर्णय गरेको थियो । प्रस्तावकसँग गरिने समझदारीपत्रको मस्यौदा गत भदौमा सम्पन्न बोर्डको ५५औं बैठकबाट स्वीकृत भएको थियो । नेपालमा प्राकृतिक ग्यासको प्रयोग गरेर मल उत्पादन गर्न धरै नै खर्चिलो हुने देखिएकाले हरित अवधारणाअन्तर्गत ग्रीन क्याल्सियम एमोनियम नाइट्रेट मल उत्पादनका लागि अध्ययन गर्न लागिएको लगानी बोर्डका विज्ञ एक्सित पौड्यालले जानकारी दिए । उनका अनुसार हाइड्रोजन र अक्सिजनलाई छुट्ट्याएर वायुमण्डलमा भएको नाइट्रोजन मिसाएपछि ग्रीन एमोनिया बन्छ । यसरी बनेको ग्रीन एमोनियामा क्याल्सियम मिसाएपछि क्याल्सियम एमोनियम नाइट्रेट मल बन्छ । बोर्डका प्रमुख कार्यकारी अधिकृत भट्टले नेपालमा हरित अवधारणा अन्तर्गत मल उत्पादन गर्ने लक्ष्य राखेको यस परियोजनाले नेपालको जलविद्युत्लगायत आन्तरिक ऊर्जाका स्रोतहरूको उपयोग गरी हरित अर्थतन्त्रको विकासमा टेवा पुर्‍याउने विश्वास व्यक्त गरे । विश्वसनीय तवरले गरिएको अध्ययनमार्फत परियोजना कार्यान्वयनको चरणमा जोखिम कम हुने र दीर्घ रूपमा परियोजना सञ्चालन गर्ने मार्गचित्र प्रदान हुने उनले बताए । बोर्डकै समन्वयमा मल कारखाना स्थापनाका लागि जर्मन कम्पनी डाइगले पनि अहिले सम्भाव्यता अध्ययन गरिरहेको छ ।

हिन्दु विश्वविद्यालय स्थापनाका लागि अध्ययन समितिले बुझायो प्रतिवेदन

काठमाडौँ : श्रीपशुपति हिन्दु विश्वविद्यालय स्थापनाका लागि सम्भाव्यता अध्ययन समितिले पर्यटनमन्त्री सुदन किराँतीलाई अध्ययन प्रतिवेदन बुझाएको छ।आइतवार संस्कृत,पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा कार्यक्रम आयोजना गरी समितिले मन्त्री किराँतीलाई अध्ययन प्रतिवेदन बुझाएको हो। एक महिनाभित्र प्रतिवेदन बुझाउने गरी डा.जगमान गुरुङ संयोजक रहेको अध्ययन समितिले समयसीमाभित्रै अध्ययन प्रतिवेदन बुझाएको हो।श्रीपशुपति हिन्दु विश्वविद्यालय स्थापनाका लागि सम्भाव्यता अध्ययन समितिको प्रतिवेदन बुझ्दै पर्यटनमन्त्री

टोखा–छहरे सुरुङमार्ग निर्माणका लागि ईआईए अध्ययन हुँदै

काठमाडौं, फागुन ३ । मुलुकको राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित टोखा–छहरे सुरुङमार्ग निर्माणका लागि बल्ल वातावरणीय प्रभाव अध्ययन (ईआईए) हुने भएको छ । २०७७ सालमा चाइना कम्युनिकेसन कन्स्ट्रक्सन कम्पनीले यस सुरुङमार्गको पूर्व–सम्भाव्यता अध्ययन प्रतिवेदन (प्रि–फिजिबिलिटी अध्ययन) तयार पारेको थियो । सोही बेलादेखि यो सुरुङमार्ग निर्माण क्षेत्रमा चाइनिज पक्ष नेपाल आएका थिएनन् । तर, सडक विभागलाई ईआईए […]

चीन जोड्ने रेलमार्गको विस्तृत अध्ययन थाल्न चिनियाँ टोली काठमाडौंमा

१२ पुस, काठमाडौं । बहुचर्चित काठमाडौं–केरुङ अन्तरदेशीय रेलमार्गको विस्तृत सम्भाव्यता अध्ययन गर्न चीनबाट प्राविधिक टोली नेपाल आइपुगेको छ । चीन सरकारको चाइना रेल–वे सर्भे एन्ड डिजाइन ग्रुप कम्पनी लिमिटेडका प्राविधिकहरु मंगलबार दिउँसो काठमाडौं आइपुगेका छन् । यो टोलीले प्रस्तावित रेलमार्गको इन्जिनियरिङ अध्ययन प्रतिवेदन तयार गर्नेछ । विभागका महानिर्देशक रोहितकुमार बिसुरालका अनुसार यो टोलीले थालेको ४२ […]

कृषिको प्राथमिक क्षेत्रमा विदेशी लगानी ल्याउन नहुने योजना आयोगको अध्ययन

राष्ट्रिय योजना आयोगले गरेको एक अध्ययनले कृषिको प्राथमिक क्षेत्रमा प्रत्यक्ष विदेशी लगानी ल्याउन नहुने देखाएको छ । योजना आयोगले गत बिहीबार सार्वजनिक गरेको ‘कृषिमा विदेशी लगानीको सम्भाव्यता अध्ययन प्रतिवेदन २०७९’ ले कृषिउपज उत्पादनका लागि विदेशी लगानी ल्याउन नहुने सुझाव दिएको हो । यद्यपि, भण्डारण, प्रशोधन र बजारीकरणका लागि भने विदेशी लगानी ल्याउन सकिने उक्त प्रतिवेदनको सिफारिस […]

कस्तो बन्दैछ २० अर्ब लागत अनुमान गरिएको श्रमिक अस्पताल?

केही दिन पहिले कार्यदलले श्रमिक अस्पताल निर्माण सम्भाव्यता अध्ययन प्रतिवेदन तयार पारेर श्रममन्त्री शेरबहादुर कुँवरलाई बुझाएको थियो।

पूर्वपश्चिम रेलमार्ग बर्दिबास–निजगढ खण्डको निर्माण गर्न तीव्रता दिइने

अर्थमन्त्री जनार्दन शर्माले बताएका छन् । बजेट भाषणमार्फत अर्थमन्त्री जनार्दन शर्माले वीरगन्ज काठमाडौं रेलमार्ग र काठमाडौं मेट्रो रेलको विस्तृत अध्ययन प्रतिवेदन तयार गरिने बताए । वीरगन्ज, भैरहवा, पोखरालगायतका सहरमा ट्राम यातायात सञ्चालनमा गर्न पनि सम्भाव्यता अध्ययन गरिने अर्थमन्त्रीले बताए । जनकपुर जयनगर रेल यातायात कुर्थासम्म विस्तार गरिने पनि उनले बताए । बिर्तामोड–जलेश्वर रेल यातायातको सम्भाव्यता अध्ययन गर्न पनि बजेट बिनियोजन गरिने उनले बताए ।

रक्साैल काठमाडौं रेलमार्गको अध्ययन सुरु

काठमाडौं । सरकारले रक्सोल काठमाडौं रेलमार्गको अध्ययन सुरु गदैछ । पूर्व सम्भाव्यता अध्ययन गरिसकेको सरकारले विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर) अर्थात् फाइनल लोकशेन सर्भे गर्न लागेको रेल विभागले जनाएको छ । अध्ययनका लागि नेपाल सरकार र भारत सरकारबीच सम्झौताको तयारी अघि बढी सकेको छ । सम्झौताका लागि पूर्व तयारी भइसकेको रेल विभागका महानिर्देश दीपक भट्टराईले जानकारी […]

कालिकोटमा केबुलकार सम्भाव्यताको अध्ययन प्रतिवेदन सार्वजनिक

काठमाडौं। कालिकोटको नरहरिनाथ गाउँपालिका– १ को कोटवाडादेखि खाँडाचक्र नगरपालिका–१ को मान्म जोड्ने केबुलकारको सम्भाव्यता अध्ययन प्रतिवेदन सार्वजनिक गरिएको छ। कर्णाली प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले कालिकोटका नौ स्थानीय तहका प्रतिनिधि, योजना आयोग र प्रदेशका मन्त्रीबीच अध्ययन प्रतिवेदन सार्वजनिक गरिएको हो। प्रदेश सरकारले आर्थिक वर्ष २०७८र७९ को नीति तथा कार्यक्रममा कालिकोटको नरहरिनाथ कोटवाडादेखि खाँडाचक्र नगरपालिकासम्म केबुलकार बनाउने लक्ष्य राखेको छ।

केबुलकार सम्भाव्यता अध्यायन प्रतिवेदन सार्वजनिक

मान्म । कालीकोटको नरहरिनाथ गाउँपालिका– १ को कोटवाडादेखि खाँडाचक्र नगरपालिका–१ को मान्म जोड्ने केबुलकारको सम्भाव्यता अध्यायन प्रतिवेदन सार्वजनिक गरिएको छ । कर्णाली प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले कालीकोटका नौ वटै स्थानीय तहका प्रतिनिधि, कर्णाली प्रदेश योजना आयोग र कर्णाली प्रदेशका मन्त्रीका बीच सम्भाव्यता अध्ययन प्रतिवेदन सार्वजनिक गरिएको हो । कर्णाली प्रदेश सरकारले आर्थिक वर्ष २०७८/७९ […]