अर्थमन्त्री जनार्दन शर्माले बताएका छन् । बजेट भाषणमार्फत अर्थमन्त्री जनार्दन शर्माले वीरगन्ज काठमाडौं रेलमार्ग र काठमाडौं मेट्रो रेलको विस्तृत अध्ययन प्रतिवेदन तयार गरिने बताए । वीरगन्ज, भैरहवा, पोखरालगायतका सहरमा ट्राम यातायात सञ्चालनमा गर्न पनि सम्भाव्यता अध्ययन गरिने अर्थमन्त्रीले बताए । जनकपुर जयनगर रेल यातायात कुर्थासम्म विस्तार गरिने पनि उनले बताए । बिर्तामोड–जलेश्वर रेल यातायातको सम्भाव्यता अध्ययन गर्न पनि बजेट बिनियोजन गरिने उनले बताए ।