आगामी निर्वाचनमा तालमेल गर्ने सहमति गरेका सत्ता गठबन्धन दलले सिट बाँडफाँटको टुंगो लगाउन सकेका छैनन् । सिट बाँडफाँटका लागि कार्यदल नै गठन भए पनि कार्यदलले नतिजा उन्मुख काम गर्न सकेको छैन । कार्यदलले सहमति जुटाउन नसकेपछि केही दिन यता शीर्ष नेता र कार्यदलका सदस्यसहितको छलफल चलिरहेको छ ।