कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कर्णालीको विकास र परिवर्तनका लागि नीजि क्षेत्रको लगानी आवश्यक रहेको बताएका छन् । त्यसका लागि नीजि क्षेत्रलाई आकर्षित गर्नेतर्फ प्रदेश सरकार कटिबद्ध रहेको उनी बताउँछन् । शुक्रबारदेखि साविक कर्णालीका जिल्लाको भ्रमणमा रहेका शाहीले गृहजिल्ला कालिकोटका प्रमुख पर्यटकीय क्षेत्र नेपालको सबैभन्दा अग्लो पचाल झरनाको बेस क्याम्पमा निर्माण भएको होम स्टे, शान्नी त्रिवेणी गाउँपालिका र नरहरिनाथ गाउँपालिकामा अवस्थित सुथराली विमानस्थल, गौरवको आयोजनाको रुपमा हेरिए