पार्टी एकता गर्न माओवादी र नेसपाले गठन गरे वार्ता समूह, होलान् प्रचण्ड र बाबुराम फेरी एउटै पार्टीमा ?

काठमाडौं। नेकपा(माओवादी केन्द्र) र नेपाल समाजवादी पार्टी(नेसपा)ले पार्टी एकता गर्न छुट्टाछ्ट्टै वार्ता समूह गठन गरेका छन्। माओवादीले उपाध्यक्ष कृष्णबहादुर महराको नेतृत्वमा वार्ता समूह गठन गरेको छ। नेसपाले आज नै वार्ता समूह गठन गर्ने तयार गरेको छ। नेसपले गत मंसिरमा भएको निर्वाचनमा माओवादीको निर्वाचन चिन्ह्रमा उम्मेदवार उठाएको थियो। दुई पार्टीबीच एकता भए फेरी पुष्पकमल दाहाल‘प्रचण्ड’ र डा.बाबुराम भट्टराई एउटै पार्टीमा हुनेछन्।

सम्बन्धित सामग्री

अवसरवादीहरु पार्टी प्रवेशका नाउँमा गाउँगाउँमा शिला खोज्दै हिँडेका छन्ः प्रचण्ड

काठमाडाैं।नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अवसरवादीहरु पार्टी प्रवेशको नाउँमा मान्छे शिला खोज्दै हिँडेको बताएका छन्।नेकपा (माओवादी केन्द्र) र नेकपा मसाल (सम्पर्क केन्द्र) बीच पार्टी एकता घोषणा सभालाई शुक्रबार सम्बोधन गर्दै अध्यक्ष दाहालले यस्तो बताएका हुन्।उनले आफ्नो पार्टीमा मानिसहरुको प्रवेश हुनुलाई 'सुनारको सय चोट लोहारको एकै चोट' भन्ने उखानको उदाहरण दिएका िथए।

प्रतिगमनका नाइकेका कारण पार्टी एकता टिकेन : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ एमाले अध्यक्ष केपी शर्मा ओली प्रतिगमनको नाइके भएको टिप्पणी गरेका छन् । उनले प्रतिनिधिसभा विघटन गरेर प्रतिगमनलाई निमन्त्रण दिएको तर सबै दलहरु एकढिक्का भएर प्रतिरोध गर्दा प्रतिगमन परास्त भएको उनको भनाइ छ । शनिबार पार्टीको भ्रातृ संगठन योङ कम्युनिस्ट लिगको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले समाजवादी यात्राको तयारीको लागि कम्युनिस्ट पार्टीमा एकता गरिएपनि प्रतिगमनको नाइकेहरूका एकता नटिकेको उल्लेख गरे । उनले पहिलोपटक भएको संसद

पार्टी एकता जोगाउने सम्भावना खोज्नुपर्छ : रघुजी पन्त

२४ फागुन, काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहका नेता रघुजी पन्तले पार्टी एकता जोगाउने सम्भवना अझै खोज्नुपर्ने बताएका छन् । सोमबार प्रचण्ड माधव समूहको स्थायी कमिटी बैठकमा सहभागी भएर बाहिरिएका नेता पन्तले पत्रकारसँग पूर्व पार्टीमा नै जाने कि नजाने भन्ने विषयमा छलफल जारी नै रहेको बताए । ‘त्यो विषयमा त छलफल जारी नै छ । तर […]

पार्टीको निर्णय नमान्दा हामी अलग भयौं - नेपाल

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रचण्ड—नेपाल समूहका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको निर्णय नमानेर पार्टी भन्दा माथि हुन खोजेकाले आफूहरु अलग भएको बताउनुभएको छ । उहाँले ओलीको गुटगत प्रवृत्ति र स्वेच्छाचारिताका विरुद्ध अलग भएर उनीविरुद्ध आन्दोलनमा उत्रिएको उल्लेख गर्नुभयो । बिहीबार सुर्खेतमा आयोजना गरिएको विरोधसभामा बोल्दै अध्यक्ष नेपालले जसले पार्टीको सुझाव मान्दैन, जसले पार्टीको विधान भन्दा माथि छु भन्छ, उसैले पार्टी र देशलाई संकटमा पार्न लागेको हुँदा पार्टी र देशलाई बचाउन आफूहरु ओलीबाट अलग भएको बताउनुभयो । उहाँले ओलीले आफूहरुलाई दास बनाउने, हनुमान बनाउन खोजेको हुँदा त्यसको प्रतिवाद गर्न अलग हुनुको विकल्प नरहेको उल्लेख गर्नुभयो । उहाँले ओलीलाई प्रधानमन्त्रीमा प्रस्ताव गर्ने व्यक्ति आफू नै भएकोले अहिले पछुतो लागेको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, मैले नै हो ओलीलाई प्रधानमन्त्रीमा प्रस्ताव गर्ने, तर के गर्नु, अहिले पछुतो लागिरहेको छ । कार्यक्रममा नेकपा कर्णाली प्रदेश इन्चार्ज जनार्दन शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीले चालेको कदमको विरोध गर्नुभयो । उहाँले देश र जनताको अभिमतलाई समेत लत्याएर संविधान कुल्चेको भन्दै त्यसका विरुद्ध आन्दोलनको विकल्प नरहेको बताउनुभयो । पार्टी एकता विथोल्ने काममा प्रधानमन्त्री ओली लागेको स्मरण गर्दै उहाँले ओलीकै कारण अहिले देश र पार्टीमा संकट आएको जिकिर गर्नुभयो । नेकपा सुर्खेतका अध्यक्ष धु्रवकुमार शाहीको अध्यक्षतामा भएको विरोधसभामा पूर्व वनमन्त्री शक्ति बस्नेत, पार्टीका सहइन्चार्ज एवं आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वाला, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री विमला केसी, नेताहरु कालीबहादुर मल्ललगायतले सम्बोधन गर्नुभएको थियो ।

प्रचण्ड प्रवृत्ति र माधवको कुन्ठाबाट पार्टीमा विभाजन भयोः ईश्वर पोखरेल

काठमाडौं । नेकपा केपी ओली समूहका नेता ईश्वर पोखरेलले पार्टी एकता गर्दा देखिनै देखिएको भ्रुणहरुका कारण पार्टी दुर्भाग्यपूर्ण रुपमा विभाजनमा पुगेको बताएका छन् ।  ओली निकट प्रेस संगठन नेपालको दोस्रो राष्ट्रिय भेलामा उपप्रधानमन्त्री समेत रहेका  उनले भने, ‘ढाँडमा टेकेर टाउकोमा हान्ने प्रचण्ड प्रवृत्ति र माधवकुमार ने...

ओली-प्रचण्ड : ‘दुवै अध्यक्ष, दुवै प्रधानमन्त्री’ - Naya Patrika

दुई नेताका समझदारीलाई औपचारिकता दिने गृहकार्यमा एकता संयोजन समिति एमाले–माओवादी केन्द्रबीच एकीकरण गर्न गठित पार्टी एकता संयोजन समितिले एकीकृत पार्टीमा केपी ओली र पुष्पकमल दाहाल प्रचण्डको संयुक्त नेतृत्व रहने मोडालिटी...पूरा पढ्नुहोस् »