११ फागुन , काठमाडौं । ४० माइक्रोनभन्दा पातलो प्लास्टिकको प्रयोगमाथि प्रतिबन्ध लगाउने निर्णय कार्यान्वयनमा सरकारले फेरि उदासिनता देखाएको छ । वातावरण विभागले प्लास्टिक प्रतिवन्धबारे बनाएको कार्ययोजनाको मस्यौदा पनि प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा पुगेर थन्किएको छ । वातावरण विभागका प्रवक्ता सुरेन्द्रप्रसाद पौडेल मन्त्रिपरिषदले कार्यायोजना स्वीकृत गरेपछि त्यसैअनुसार प्रतिवन्धको कार्यान्वयन अघि बढ्ने बताउँछन् । ‘हामीले बनाएको कार्ययोजनाको […]