शनिबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन कक्ष अगाडिको दृश्यले सबैलाई भावविह्वल बनायो । नेपाल एयरलाइन्सको क्वालालम्पुर–काठमाडौ उडानमा एकैपटक २४ नेपालीको शव ल्याइएपछि शव बुझ्न आएका आफन्तको रुवाबासीले त्यहाँ उपस्थित सबैलाई एकपटक रुन बाध्य बनायो ।सुन्दर सपना बोकेर मलेसिया पुगेका ती नेपाली काठको बाकसमा फिर्ता भएपछि आफन्त त रुने नै भए त्यहाँको कारुणिक दृश्यले सबैको आँखा रसाएनन् मात्र अपरिचित व्यक्तिहरु पनि भक्कानो छोडेर रोइरहेका थिए । मुलुकमा रोजगारी नभएपछि जीवन गुजाराका लागि बिदेस