युरोपेली सङ्घ (ईयू) का शीर्ष नेताहरू दक्षिण कोरियामा भेला भएका छन् । उनीहरु दक्षिण कोरियाली राष्ट्रपति युन सुक येओलसँगको शिखर वार्ताका लागि जुटेका हुन् ।
ईयूका शीर्ष नेता र दक्षिण कोरियाका राष्ट्रपतिबीच व्यापार सम्झौता, युक्रेनमा भएको युद्ध र उत्तर कोरियाको प्रतिबन्धित हतियार कार्यक्रमलगायत विषयमा वार्ता हुने समाचार संस्था एएफपीले जनाएको छ ।
जापानको हिरोसिमामा सम्पन्न जी–सेभेन शिखर सम्मेलनमा सहभागी भएका युरोपेली परिषद्का अध्यक्ष चार्ल्स मिशेल र युरोपेली आयोगका अध्यक्ष उर्सुला भोन डेर लेयेनले युरोपेली सङ्घ (ईयू)...