बेलायत र अष्ट्रेलिया बीच ब्रेक्जिटपछिको पहिलो व्यापार सम्झौता

असार १, लन्डन (बेलायत) । बेलायत र अष्ट्रेलिया बीच व्यापार सम्झौता भएको छ । बेलायती प्रधानमन्त्री बोरिस जोन्सन र उनका अष्ट्रेलियाली समकक्षी स्कट मरिसनले सम्झौतामा सहमति गरेका हुन् ।  नयाँ सम्झौतापछि कार, स्कच ह्विस्की, बिस्कुट र सेरामिक जस्ता बेलायती सामानहरु विक्रीका लागि सस्तोमा अष्ट्रेलिया पुग्नेछ । यद्यपि मूल्य र स्तरमा कमी आउने हो कि भन्ने चिन्ता बेलायती किसानहरुको छ ।  बेलायतले यूरोपेली संघ (ईयू) छाडेपछिको दुई पक्ष बीचको यो पहिलो सम्झौता हो । एशिया प्रशान्त स्वतन्त्र व्यापार सम्झौतामा बेलायतको सहभागितातर्फ यसलाई महत्वपूर्ण कदमका रुपमा हेरिएको छ । एजेन्सी

सम्बन्धित सामग्री

‘अकस’को तनावले स्थगित भयो अष्ट्रेलिया-ईयू व्यापार सम्झौता

१५ असोज, काठमाडौं । अमेरिका, बेलायत र अष्ट्रेलियाबीच भएको रक्षा सम्झौता (अकस)पछि उत्पन्न तनावले अष्ट्रेलिया र युरोपेली संघ (ईयू)बीचको व्यापार वार्ता स्थगित भएको छ । अकस सम्झौतापछि अष्ट्रेलियाले फ्रान्ससँगको ३७ अर्ब डलर बराबरको पनडुब्बी खरिद सम्झौता रद्द गर्ने निर्णय गरेको थियो । त्यसको सट्टामा उसले अमेरिकासँग मिलेर न्युक्लियर ऊर्जाबाट चल्ने आठ पनडुब्बी बनाउने निर्णय गरेको […]