पुस १६, टोकियो (जापान) । क्षेत्रीय बृहत आर्थिक साझेदारी (आरसीईपी) स्वतन्त्र व्यापार सम्झौता आगामी शनिवारदेखि लागू हुँदैछ । यसले विश्व अर्थतन्त्रको ३० प्रतिशत हिस्सा ओगटेका १५ एशियाली तथा आशियान देशहरुलाई समेटेको छ ।
आरसीईपी चीन र दक्षिण कोरियासँग जापानको पहिलो आर्थिक साझेदारी सम्झौता हो । यसका अन्य सहभागी देशमा अष्ट्रेलिया, न्यूजिल्यान्ड र आशियानका १० सदस्य देशहरु छन् ।
सम्झौताले मुख्यतः अटो पार्ट्स र अन्य औद्योगिक सामान समेत ९१ प्रतिशत वस्तुमा आयात महसुल खारेज गर्नेछ । चीनले दुई दशकभित्र महसुल छूट हुने आयातित औद्योगिक सामानको अनुपात बढाएर क्रमशः ८ प्रतिशतबाट ८६ प्रतिशतमा पुर्याउनेछ ।
दक्षिण कोरियाले पनि अटोमोबाइलको लागि इलेक्ट्रोनिक्स लगायतका आयात महसुल छूट हुने सामानको अनुपात १९ प्रतिशतबाट बढाएर ९२ प्रतिशतमा पुर्याउने बताइएको छ । एजेन्सी