जनकपुर – नेपाल यातायात स्वतन्त्र मजदुर संगठन मधेश प्रदेशले देशव्यापी आन्दोलन गर्ने भएको छ । बिहीबार जनकपुरमा आयोजित प्रदेशस्तरिय कार्यशालाले सरकार एकलौटी अघि बढेको बन्दै देशव्यापी आन्दोलन गर्ने निष्कर्ष निकालेको हो । यातायात क्षेत्रका कानुन संशोधन र नयाँ कानुन निर्माणमा सरोकारवालहरुको सुझाव ग्रहण नगरेको उनीहरुले बताएका छन् । संगठनले देशव्यापी सञ्चालन गरिरहेको कार्यथलो अभियान अन्तर्गत […]
काठमाडौं । यातायात मजदुर र सरकार बीच ५ बुँदे सहमति भएको छ । आज बिहान भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा भएको छलफलबाट ५ बुँदे सहमति भएको हो । यातायात मजदुर र मन्त्रालय बीच भएको सहमति अनुसार यातायात मजदुर संगठनले राखेका १० बुँदे माग सम्बोधन गर्ने, उच्चस्तरीय यातायात समिति गठन र आन्दोलनका क्रममा लुटपाट र आक्रमणमा […]
यातायात मजदुर संगठनको आन्दोलन फिर्ता भएको छ । आज भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा सरकार र मजदुर संगठनबीच भएको वार्तामा आन्दोलन फिर्ता लिने समझदारी भएको हो । मजदुर संगठनका जायज माग सम्बोधन गर्ने समझदारी भएसँगै आन्दोलनका सम्पूर्ण कार्यक्रम फिर्ता भएको हो । यातायात मजदुर संगठनले आज उपत्यकामा यातायात बन्दको घोषणा गरेको थियो । उपप्रधानमन्त्री एवम् […]
काठमाडौं । ट्राफिक जरिमानाविरुद्ध यातायात मजदुर आन्दोलनमा उत्रिएका छन् । ‘ट्राफिक जरिमाना महँगो भएको’ भन्दै प्रदर्शनमा उत्रिएका यातायात मजदुरले आज मंगलबारदेखि काठमाडौं उपत्यकामा अनिश्चितकालीन सार्वजनिक यातायात बन्द घोषणा गरेका हुन् । नेपाल यातायात स्वतन्त्र मजदुर संगठन, नेपाल यातायात मजदुर संघ र अखिल नेपाल यातायात मजदुर संघका अध्यक्षले संयुक्त विज्ञप्ति जारी गर्दै माग पूरा नभएसम्म उपत्यकाका […]
२६ माघ, काठमाडौं । विभिन्न माग राख्दै यातायात व्यवसायीहरु आन्दोलित भएका छन् । यो आन्दलोलनमा यातायात व्यवसायीहरुले पनि समर्थन गरेका छन् । नेपाल यातायात स्वतन्त्र मजदुर संगठन, अखिल नेपाल यातायात मजदुर संघ र नेपाल यातायात मजदुर संघले संयुक्त रुपमा ३ फागुनसम्म माग पुरा नभए सार्वजनिक यातायात सेवा नै ठप्प पार्ने चेतावनीसहित अहिले विभिन्न स्थानहरुमा कोणसभाहरु […]
यातायात क्षेत्रका मजदुरहरूले २० वर्षको नाममा यातायात क्षेत्रमा हुँदै आएको धरपकड बन्द गर्न माग गरेका छन् । बिहीबार राजधानीमा पत्रकार सम्मेलन आयोजना गर्दै स्वरोजगार यातायात मजदुर संगठन आबद्ध मजदुरहरूले सरकारले यस्ता सवारी साधनमाथि धरपकड गर्न सुरु गरेको भन्दै यसलाई रोकेर आफ्नो अवैज्ञानिक र अव्यवहारिक व्यवस्था सच्याउन माग गरेका हुन् । अहिले ट्राफिक प्रहरीले सडकमा निर्बाध रूपमा गुडिरहेका सवारी साधनहरूलाई पक्राउ गर्दै यातायात कार्यालय तथा यातायात व्यवस्था विभागमा बुझाउने गरेका छन् । अहिले यसरी पक
यातायात मजदुरहरुले सार्वजनिक यातायातको भाडा समायोजन अधिकार सङ्घीय सरकारलाई दिनुपर्ने माग गरेका छन् । नेपाली काँग्रेस निकट नेपाल यातायात मजदुर सङ्घ, नेकपा (एमाले) निकट नेपाल यातायात मजदुर सङ्गठन, नेकपा (माओवादी केन्द्र) निकट अखिल नेपाल यातायात मजदुर सङ्घले आज सङ्घीय संसद् राष्ट्रियसभा, विधायन व्यवस्थापन समितिका सभापति पशुराम मेघी गुरुङलाई भेटेर सार्वजनिक यातायातको भाडा समायोजन अधिकार सङ्घीय सरकारलाई दिनुपर्ने माग गरेका हुन् ।यातायात मजदुरले सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ तथा अन्य ऐनका श्रमिक
यातायात मजदुरहरुलाई कोभिड–१९ विरुद्धको खोपको व्यवस्था गर्दै सार्वजनिक सवारी साधन सञ्चालन गर्नुपर्ने यातायात व्यवसायी र यातायात मजदुरहरुले माग गरेका छन् ।
बिहीबार नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ र मजदुर ट्रेड युनियनको प्रतिनिधिले संयुक्त रुपमा काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी र यातायात व्यवस्था विभागका महानिर्देशकलाई भेटी यातायात मजदुरहरुलाई कोभिड–१९ विरुद्धको खोपको प्रवन्ध गर्न र स्वास्थ्य प्रोटोकल पालना गराउँदै सवारी सञ्चालन गराउन माग गरेका हुन् ।
यातायात क्षेत्र बन्द हुँदा यस क्षेत्रले ठुलो घाटा ...
दाङ : जिल्लाका यातायात मजदुर तर व्यवसायी आन्दोलित भएका छन्। उनीहरुले विभिन्न माग राख्दै आउँदो मंगलबार (चैत १७) गते देखि सार्वजनिक यातायात सेवा अनिश्चितकालीन बन्दको घोषणा गरेका छन्।यातायात मजदुरसँग सम्बन्धित तीन वटा यातायात मजदुर संगठनले आइतबार पत्रकार सम्मेलन गरी आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका छन्।नेपाल यातायात स्वतन्त्र मजदुर संगठन जिल्ला कमिटी दाङ, नेपाल यातायात मजदुर संघ इकाइ तुलसीपुर र अखिल नेपाल यातायात मजदुर संघ, दाङले संयुक्त रुपमा पत्रकार सम्मेलन गरेका थिए।कोरोना माहामारीका कार