अति भएपछि जेले पनि खति गर्छ । हामी नेपालीहरू स्वादे जिभ्रो हुने नाममा उपरीमाथि थुपरी नुन खान्छौं । नुनमा पाइने सोडियमले रक्तचाप बढाउँछ जसले मुटुरोग र हृदयघात निम्त्याउँछ ।
त्यसैले विश्व स्वास्थ्य संगठनले सोडियमको मात्रा घटाउने सल्लाह दिएको छ । सन् २०१३ मा प्रकाशित नयाँ निर्देशिकाले दुई हजार एमजी वा पाँच ग्रामभन्दा कम नुन खान हुने बताएको छ । यो भनेको जम्मा एक चम्चा नुन हो ।
नुनमा सोडियम र क्लोराइड दुवै पदार्थ पाइन्छ । नुनमा सोडियम ४० प्रतिशत हुन्छ । तर आजकलका मान्छेले जंक फूडहरू खाँदा असाध्यै धेरै नुन शरीरमा हुलिरह...