काठमाडौं । सूचना प्रविधि तथा सञ्चारमन्त्री पार्वत गुरुङले सरकार जस्तोसुकै चुनौतीको सामना गर्न तयार रहेको बताएका छन् । समाज कल्याण परिषद् राष्ट्रिय ज्येष्ठ नागरिक कोषले आज ललितपुरको मङ्गलबजारमा आयोजना गरेको नयाँ वर्ष २०७८ को शुभकामना आदानप्रदान तथा भित्तेपात्रो विमोचन कार्यक्रममा सरकारका प्रवक्तासमेत रहेका मन्त्री गुरुङले मुलुकको राजनीतिक यात्रा अन्योलतातर्फ धकेलिएकाले मुलुक दिशाविहीन हुने हो भन्ने चिन्ता रहेको धारणा राखे । वर्तमान सरकारले जनताको हितमा काम गरिरहेको भन्दै उनले प्रधानमन्त्री केपी श