चलचित्रमा पानी पर्दा र बिजुली चम्कदाको समयमा रोमान्टिक दृश्य खुबैनै देखाइन्छ । तर बिहारमा बिजुली चम्किदा विवाहनै टुटेको छ । बिजुल चम्किदा वर–वधु पक्षबीच मारपिटनै भएपछि प्रहरी आएरनै यो विषय मिलाउनु परेको थियो । उपलव्ध जानकारी अनुसार सारण जिल्लाको सोनपुर थाना इलाकाको गाउको चित्रसेनपुरमा रेनु कुमारीको विवाह समारोह चलिरहेको थियो । विवाहको आधा विधि पनि पुरा भइसकेको थियो ।